Connect with us
Kapilvast Forest

गभर्नरको मुद्दामा आज सुनुवाइ हुँदै

२०७९, १३ बैशाख मंगलवारमा प्रकाशित

काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दामा आज सुनुवाइ हुदैछ । सरकारले छानवीन समिति बनाएर निलम्बन गरेपछी गभर्नर अधिकारीले सर्बोच्च अदालतमा मुद्दा हालेका थिए । सर्बोच्च अदालतका न्यायाधीश हरि फुयालले अल्पकालिन अन्तरिम आदेश दिदै वैशाख १३ गते (आज) छलफलका लागि दुवै पक्षलाई बोलाएका छन् ।

अल्पकालीन आदेशमा गभर्नरलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्नु र काम गर्न नरोक्नु भनिएको थियो । आजको इजलासले अल्पकालीन आदेशलाई निरन्तरता दिए गभर्नर बहाल रहनेछन् । यदि निरन्तरता नदिए उनको निलम्बन कायम हुनेछ । तर, अर्थमन्त्री शर्माले लगाएको आरोपले सार्थकता नपाउँने र गभर्नर बहालै रहने कतिपयको आकलन छ ।

अर्थमन्त्री शर्माले गभर्नर अधिकारीलाई आफूलाई सहयोग नगरेको र गोप्य सूचना चुहाएको आरोप लगाएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu