Connect with us
Kapilvast Forest

काँग्रेस शिवराज उम्मेदवार: मेयर खनाल, उपमेयर रायमाझी

२०७९, १२ बैशाख सोमबारमा प्रकाशित

न्युजसेन्टर नेपाल–
कपिलवस्तुको शिवराज नगरपालिकामा नेपाली काँग्रेसले दलबल सहित उम्मेदवारी दर्ता गरेको छ ।
मेयरपदमा हुमकान्त खनाल, उपमेयरमा शारदा रायमाझी सहित सम्पुर्ण वडाको पदाधिकारीहरुले उम्मेदवारी दर्ता गरेको शिवराज नगर सभापति मधु पोख्रेलले जानकारी दिनुभयो ।

नेपाली काग्रेसका जिल्ला उपभापति समेत रहेका खनाल शिवराज क्षेत्रका लोकप्रिय नेताको रुपमा चिन्न सकिन्छ । आज निर्वाचन अधिकृतको कार्यालय पुगि काग्रेसले मनोनयन दर्ता गरेको हो । सलिन तथा स्वच्छ छवि भएका खनाल लामो समय देखि नेपाली काग्रेसको राजनिति गर्दै आएका छन् ।

त्यस्तै नेपाली काग्रेसले नगरका ११ वटै वडा अध्यक्ष सहित सदस्यहरुको मनोनयन दर्ता गरेको छ । वडा न १ मा बिनोद कुवर,वडा नं २ मा राम बहादुर थारु ,वडा ३ मा राजु खराल,वडा  ४ मा शिव शंकर चौहान, वडा ५ मा हरि प्रसाद पोखरेल,वडा ६ वडा सत्रुधन कुर्मी, ७ पुजारी चौधरी, वडा न ८ मा रिजवान मुसलमान, वडा नं ९ मा हरि श्रेष्ठ वडा न १० मा देवराज भारती र वडा ११ मा रामेश्वर बर्माले उम्मेदवारी दिनुभएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj