ब्राउनसुगरसहित एकजना पक्राउ
मोरङ- जिल्लाको रतुवामाई नगरपालिका–३, छालगाछीबाट ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन् ।प्रहरीचौकी महादेवाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा७६प ४६९७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा
पथरी शनिश्चरे नगरपालिका–४ बस्ने ५३ वर्षीय खड्कप्रसाद सिलवाललाई पक्राउ गरेको हो । उनको साथबाट ६८८ ग्राम अवैध ब्राउनसुगर बरामद भएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।