Connect with us
Kapilvast Forest

पत्रकार न्यौपानेको उपचारमा सहयोग

२०७९, १३ बैशाख मंगलवारमा प्रकाशित

काठमाडौं -नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था इन्जाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराइरहेका पत्रकार नारायण न्यौपानेलाई एक लाख रुपैयाँ सहयोग गरेको छ ।

इन्जाको एसिया उपाध्यक्ष समेत रहेका पत्रकार न्यौपाने लामो समय देखि राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत छन् । हाल शिक्षण अस्पतालमा उपचार गराइरहनु भएका न्यौपानेलाई उक्त रकम इन्जा ग्लोवलका सचिव दीपक रिजालले हस्तान्तरण गरे ।

 

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था इन्जाले विपतमा परेका पत्रकारहरुलाई निरन्तर सहयोग गर्दै आएको इन्जा ग्लोबलका अध्यक्ष गुणराज लुइटेलले जानकारी दिए ।पत्रकार न्यौपाने अझै केही दिन अस्पतालमा नै रहनुपर्ने अस्पताल प्रशासनले जानकारी दिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu