Connect with us
Kapilvast Forest

शिवगढि इङलिस वेर्डिङको नतिजा प्रकाशन

२०७९, १३ बैशाख मंगलवारमा प्रकाशित

कपिलवस्तु ,न्युज सेन्टर नेपाल-शिवगढि इङलिस वेर्डिङले विविध कार्यक्रमसहित बार्षिक परीक्षाफल प्रकाशन गरेको छ ।कपिलवस्तुको शिवराज नगरपालिका वडा न १ मा रहेको वेर्डिङको आज एक कार्यक्रमका विच वार्षिक नतिजा प्रकाशन र पुरस्कार वितरण गरेको वेर्डिङका ब्यवस्थापक तोयनाथ गेरैले जानकारी दिनु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) का केन्द्रिय सदस्य शिव गैरेले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षक अभिभावक नै जागरुक हुनुपर्नेमा जोड दिनु भयो ।

विद्यार्थीको नियमित क्रियाकलाप, विभिन्न परियोजनाको लागि निरन्तर मूल्याङ्कनको आवश्यक रहने बताउनु भयो ।त्यस्तै कार्यक्रममा विध्यालय बयवस्थापन समितिका अध्यक्ष विष्णु माया गैरेले अभिभावकहरुको सहयोगविना शैक्षिक गुणस्तर सुधार नहुने तर्क राख्नुभयो । अभिभावकहरुले वेवास्ता गर्ने हो भनविध्यार्थीको सिकाई सगैं विद्यालयको गुणस्तर खस्ने बताउनु भयो । कार्यक्रममा बोल्ने बक्ताहरुले स्कूललाई नाफामुलक मात्र नबनाई गुणस्तरीय शिक्षामा जोड दिएका थिए ।

कार्यक्रम विध्यालय व्इवस्थापन समितिकी विष्णु मायाँ गैरेको अध्यक्षता र प्याब्सन) का केन्द्रिय सदस्य शिव गैरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमो शिवराज नगरपालिका वडा नं. १ का पुर्व वडाध्यक्ष जगतबहादुर जिसी, शिवराज नगरपालिका शिक्षा शाखा अधिकृत पुर्ण बहादुर विश्वकर्मा , महादेव पोख्रेल ,राजकुमार यदा क्षेत्रिलगायतको सहभागिता रहेको थियो । विध्यालयमा भोलि (वुधवार) देखि २० गते सम्म पुराना विध्यार्थीको रजिष्ट्रेशन गर्ने र २० गते देखि नयाँ भर्ना सुरु गर्ने व्यवस्थापक गैरेले जानकारी दिनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu