Connect with us
Kapilvast Forest

शिवराज ७ मा राप्रपाको वडा कार्यालय उद्घाटन

२०७९, १४ बैशाख बुधबारमा प्रकाशित

कपिलवस्तु –राष्ट्रिय प्रजातन्त्र पार्टी शिवराज नगरपालिका वडा नं। ७ को वडा कार्यालय उद्घाटन गरिएको छ । वडा पार्टी कार्यालयको उद्घाटन कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी लुम्बनी प्रदेश अध्यक्ष प्रदिप कुमार उदय, लुम्बिनी प्रदेश कोषाध्यक्ष  सइद अहमद शाह, राप्रपा शिवराजका नेता तथा  शिवराज नगर प्रमुख उम्मेदवार  अजय थापा एवम राप्रपा शिवराजका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

लुम्बिनी प्रदेश सचिव राजन अधिकारी,शिवराज उपप्रमुख उम्मेदवार बिपाशा चौधरी, वाड नं ५ को उम्मेदवार सन्तोष चौधरी, ६ को उम्मेदवार अनिल चौधरी र ७ उम्मेदवार हरी नारायण यादव लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा शिवराज नगरपालिका संगठन प्रमुख सफि मोहम्मद खानको सहभागीता रहेको थियो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले राष्ट्रिय प्रजातन्त्र पार्टीको निति तथा सिद्धान राष्ट्र जोगाउने पार्टी रहेको बताएका थिए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj