Connect with us
Kapilvast Forest

अधुरो काम पूरा गर्न भन्दै कपिलवस्तुका १० मध्ये ७ पालिका प्रमुख फेरि दोहोरिने

२०७९, १४ बैशाख बुधबारमा प्रकाशित

 

कपिलवस्तु-कपिलवस्तुका अधिकांश प्रमुखहरु आउने वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा फेरि दोहरिने दाउमा छन्। १० पालिकाम मध्ये ७ पालिकामा प्रमुखहरु फेरि दोहोरिन खोजेका हुन्। उम्मेदवार बनेका ७ जना प्रमुखले नै अधुरो विकास निर्मााण्को काम पूरा गर्न उम्मेदवार बनेकाे बताए।

कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंह, बुद्ध्भ्मीका प्रमुख केशव कुमार श्रेष्ठ, महाराजगंज नगरपालिकाका प्रमुख अब्दुल कलाम, कृष्णनगर नगरपालिकाका प्रमुख रजत प्रताप शाह मेयरमा दोहरिन भन्दै उम्मेदवारी दिएका छन। यस्तै सुद्धोदन गाउपालिका प्रमुख निसार अहमद खाँ, मायोदबी गाउपालिका प्रमुख बजरंगी चौधरी, बिजयनगर गाउपालिका प्रमुख गोपाल थापाले फेरी प्रमुखमा उम्मेदवार बनेका हुन्।

कृष्णनगरका शाह, कपिलवस्तुका सिंह, बुद्धभुमीका श्रेष्ठ र महाराजगंजका कलाम कांग्रेसबाट उम्मेदवार बनेका हुन्। मायोदेबीका चौधरी र सुद्धोदनका खा भने जनता समाजबादी पार्टीबाट प्रमुखका उम्मेदवार हुन। यस्तै बिजयनगरका थापा भने एमालेबाट फेरि उम्मेदवार बनेका हुन्। कृष्णनरका निवर्तमान मेयर शाह त्यस बेला मधेसी जनअधिकार फोरमबाट टिकट नपाए पछि स्वतन्त्र उम्मेदवारकारुपमा विजयी भएका थिए। यस्तै सुद्धोदनका निसार अहमद पनि स्वतन्त्ररुपमा चुनाव जितेका थिए। शाह ४ महिना अघि कांग्रेसमा प्रबेश गरको थिए।

उता सुद्धोदन गाउँपालिकाकी उपप्रमुख सुधादेबी पाण्डेय कांग्रेसबाट फेरि उप प्रमुखको उम्मेदवार बनेकी छिन्। बुद्धुभुमीकी उपमेयर मीरा थारु र महाराजगंजकी उपमेयर शोभावति कुर्मी कांग्रेसबाट फेरि उपमेयरको उम्मेदवार बनेका छन्। यस्तै शिवराज नगरपालिकाकी उपमेयर शिव कुमारी थारु र बिजयनगरको उपप्रमुख लक्ष्माी थारु फेरि उम्मेदवार बनेका छन्। दुवै जना एमालेबाट लडदैछन्। यस्तै २०७४ सालमा कांग्रेसबाट उपप्रमुखमा जितेकी कन्यावती उपाध्ययाले पार्टीबाट टिकट नपाएपछि यस पटक लोसपाबाट उप प्रमुखमा उम्मेदवार बनेकी छिन्।

५ सय पदका लागि ३५ सय बढी उम्मेदवार

कपिलवस्तुमा विभिन्न पदमा ३ हजार ५ सय ८३ जनाको उम्मेदवारी परेको छ। १० पालिका प्रमुख, उपप्रमुख, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला सदस्यमा सो उम्मेदवारी परेको हो। जिल्ला निर्वाचन कार्यालयमा कुल ५ सय पदका लागि सो उम्मेदवारी परेको हो। यस्तै २६ वटा वडा सदस्य भने मनोनित हुनेछन्।

नगर तथा गाँउपालिका प्रमुखमा १ सय ५२ जना र उप–प्रमुखमा १ यस १४ जनाको उम्मेद्वारी परेको छ। पालिकाका वडा अध्यक्षमा ८ सय २० जना, महिला सदस्यमा ६ सय ७० जना, दलित महिला सदस्यमा ५ सय ९३ जना र १ हजार २ सय ३३ जनाको सदस्यमा उम्मेदवारी परेको जिल्ला निर्वाचन अधिकारी ज्ञानुराम पन्थीले जानकारी दिए। पन्थीका अनुसार सबैभन्दा बढी कृष्णनगरमा ६ सय ५१ जनाको उम्मेद्वारी परेको छ। कृष्णनगर प्रमुखका लागि मात्र ३२ जनाको उम्मेदवारी परेको कृष्णनगरका निर्वाचन अधिकृत सुमन पाण्डेले बताए।

कृष्णनगरमा उपप्रमुखका लागि २४ जनाको उम्मेद्वारी परेको छ। १२ वटा वडा रहेको सो नगरमा वडाअध्यक्ष पदका लागि १ सय ४८ जनाको उम्मेद्वारी परेको निर्वाचन अधिकृत पाण्डेले बताए। यसैगरी सदस्यका लागि २ सय ४१, महिला सदस्यका लागि १ सय ४ र दलित महिला सदस्यका लागि १ सय २ जनाको उम्मेदवारी दर्ता भएको छ। यसैगरी शिवराज नगरपालिकामा ३ सय ८१ जनाको उम्मेदवारी परेको छ। शिवराजमा नगरप्रमुखका लागि ११ र उपप्रमुखका लागि १० जनाको उम्मेद्वारी परेको निर्वाचन अधिकृत कृष्णचन्द्र पाण्डेले बताए।

११ वटा वडा रहेको शिवराजमा वडाअध्यक्षका लागि ८५ जनाको उम्मेद्वारी परेको छ भने वडा सदस्यका लागि १ सय ४० , महिला सदस्यमा ७२ र दलित महिला सदस्यमा ६३ जनाको उम्मेद्वारी परेको छ। कपिलवस्तु नगरपालिकामा प्रमुखका लागि ९, उपप्रमुखका लागि ८ जनाको उम्मेदवारी परेको छ। वडाअध्यक्षमा ८३, सदस्यमा ५३, महिला सदस्यमा १३९ र दलित महिला सदस्यमा ८८ जनासहित ३ सय ८० जनाको उम्मेद्वारी दर्ता भएको छ। यसैगरी वाणगंगा नगरपालिकामा २ सय ७८ जनाको उम्मेदवारी परेको छ। नगर प्रमुखमा १२ र उपप्रमुखमा ७ जनाको उम्मेदवारी परेको हो। ११ वडा वडा रहेको यँहा वडाअध्यक्ष पदका लागि ७१ जनाको उम्मेदवारी परेको छ भने सदस्यका लागि ९९, महिला सदस्य ४६ र दलित महिला सदस्यमा ४३ जनाको उम्मेद्वारी परेको निर्वाचन अधिकृत टेकराज अर्यालले जानकारी दिए।

बुद्धभूमि नगरपालिकामा २ सय ६८ जनाको उम्मेद्वारी परेको छ १० वटा वडा रहेको यस नगरमा प्रमुखमा १४ र उपप्रमुखमा १० जनाको उम्मेद्वारी परेको निर्वाचन अधिकृत मोहन पाण्डेले जानकार दिए। बुद्धभूमिमा वडाअध्यक्ष पदका लागि ७१ जनाको उम्मेदवारी परेको छ भने सदस्यका लागि ९८, महिला सदस्य ३८ र दलित महिला सदस्यमा ३७ जनाको उम्मेद्वारी परेको पाण्डेले बताए।

जिल्लाको महाराजगगंज नगरपालिकाको प्रमुखमा ११ र उपप्रमुखमा ८ जनाको उम्मेदवारी परेको छ। वडाअध्यक्षमा ७३, सदस्यमा १ सय ४०, महिला सदस्य ६० दलित महिला सदस्य ५६ गरी ३ सय ४८ जनाले उम्मेद्वारी दर्ता गराएको निर्वाचन अधिकृत कुवेर पाण्डेले जानकारी दिए।यसैगरी ४ वटा गाँउपालिका रहेको जिल्लामा सबैभन्दा बढी मायादेवी गाँउपालिकामा उम्मेदवारी दर्ता भएको छ।

मायादेवी गाँउपालिका अध्यक्षका लागि २४ र उपाध्यक्षका लागि ११ जनाको उम्मेदवारी दर्ता भएको छ भने वडाअध्यक्षका लागि ७८, सदस्यमा १ सय २७, महिला सदस्यमा ६० र दलित महिला सदस्यमा ५९ जनाले उम्मेद्वारी दर्ता गराएको निर्वाचन अधिकृत रत्नप्रकाश गिरीले जानकारी दिए। यशोधारा गाँउपालिकामा २ सय ५० जनाले उम्मेद्वारी दर्ता गराएका छन्। अध्यक्षका लागि ११, उपाध्यक्षका लागि १०, वडाअध्यक्षका लागि ५५, सदस्यका लागि ८८, महिला सदस्य र दलित महिला सदस्यका लागि ४३–४३ जनाको उम्मेद्वारी परेको हो।जिल्लाको पश्चिमी क्षेत्रमा रहेको विजयनगर गाँउपालिकामा अध्यक्षमा १२, उपाध्यक्षमा १४, वडा अध्यक्षमा ७७, सदस्यमा १२४, महिला सदस्यमा ५२ र दलित महिला सदस्यमा ४५ गरी ३ सय २३ जनाको उम्मेद्वारी दर्ता भएको छ।

शुद्धोधन गाँउपालिकामा पनि ३ सय ४५ जनाले उम्मेद्वारी दर्ता गराएका छन्। यँहा अध्यक्षका लागि धेरै उम्मेदवारी परेको छ। शुद्धोधन अध्यक्षमा १६, उपाध्यक्षमा १२ र वडा अध्यक्षमा ८० जनाको उम्मेदवारी परेको छ। यसैगरी सदस्यमा १२३, महिला सदस्य र दलित महिला सदस्यमा ५७–५७ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत विष्णु प्रसाद आचार्यले जानकारी दिए।

१० वटा पालिका रहेको कपिलवस्तुमा ६ वटा नगर पालिका र ४ वटा गाँउपालिका रहेका छन्। यहि बैशाख ३० गतेको निर्वाचन पछि जिल्लामा ५ सय जनप्रतिनिधी निर्वाचित हुने छन् भने २६ जना मनोनित हुने छन्। आयोगले स्थानीय तह निर्वाचनको लागि आइतबार र सोमबार उम्मेदवारी मनोनयन दर्ता गर्न समय दिएको थियो। तर कपिलवस्तुमा मंगलबार साँझ मात्र मनोनयन दर्ता कार्य सम्पन्न भएको थियो।