Connect with us
Kapilvast Forest

बागी उम्मेदवारी फिर्ता नभए कारबाहीको चेतावनी

२०७९, १६ बैशाख शुक्रबारमा प्रकाशित

काठमाडौं-सत्तागठबन्धन बैठकले विभिन्न स्थानीय तहमा आधिकारिक उम्मेदवारविरूद्ध उठेका बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ।बिहीबार बालुवाटारमा बसेको सत्तागठबन्धनको चुनावी तयारी तथा अनुगमन समिति बैठकले शुक्रबार अपरान्ह ५ बजेभित्र बागी उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिन आग्रह गरेको हो।

मुख्य निर्वाचन अधिकृत कार्यालय र निर्वाचन अधिकृत कार्यालय पुगेर निर्वाचन आयोगले दिएको समयभित्रै उम्मेदवारी फिर्ता नलिने बागी उम्मेदवारलाई कारबाही गर्ने सत्तागठबन्धनको तयारी छ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजक रहेको सत्तागठबन्धनको चुनावी तयारी तथा अनुगमन समिति बैठकले बागी उम्मेदवारलाई कारबाहीको चेतावनी दिएको छ।

‘शुक्रबार अपरान्ह ५ बजेभित्र उम्मेदवारी फिर्ता लिन बागी उम्मेदवारलाई आग्रह गरिएको छ। उम्मेदवारी फिर्ता नलिने उम्मेदवारलाई आ-आफ्नो दलबाट कारबाहीका लागि सिफारिस गर्ने तयारी छ,’ समितिका एक सदस्यले भने, ‘आधिकारिक उम्मेदवारविरूद्ध स्वतन्त्र उम्मेदवारी दिनेलाई सम्बन्धित पार्टीले कारबाहीको निर्णय गर्छ।’

कहाँ-कहाँ बागी उम्मेदवारी परेको छ र आज अपरान्ह ५ बजेभित्र फिर्ता भए वा भएनन् भन्ने बुझेर कारबाहीका लागि शीर्ष नेताहरू तथा सम्बन्धित पार्टीलाई सिफारिस गर्ने समितिको तयारी छ।

चितवनलगायत विभिन्न जिल्लामा गठबन्धनका उम्मेदवारविरूद्ध बागी उम्मेदवारी परेका छन्। सत्तागठबन्धनका शीर्ष नेताहरूले पनि बागी उम्मेदवारी फिर्ता लिन आग्रह गरिरहेका छन्।

वैशाख ३० मा हुने स्थानीय चुनावका लागि आजसम्म उम्मेदवारी फिर्ता लिन चाहनेलाई समय छ। आयोगले आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दैछ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu