Connect with us
Kapilvast Forest

पुरानै अनुहार चुनावी मैदानमा 

२०७९, १६ बैशाख शुक्रबारमा प्रकाशित

 

सल्यान-वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सल्यानका दश मध्ये पाँच वटा पालिकामा प्रमुख/अध्यक्ष/उपाध्यक्ष पदमा सात जना जनप्रतिनिधि दोहोरिएर उम्मेदवार बनेका छन् ।

पाँच स्थानीय तहका पमुख तथा अध्यक्ष/उपाध्यक्षमा दुवै जना उम्मेदवार बनेका छन् भने एक जना जिल्ला समन्वय प्रमुख पनि चुनावी मैदानमा छन् ।

कालीमाटी गाउँपालिकामा एमालेबाट अध्यक्ष पदमा दानबहादुर खत्री र उपाध्यक्षमा सन्सीला वली डिसी पुनः उम्मेदवार बन्नुभएको छ । यस्तै, कपुरकोट गाउँपालिकामा अध्यक्षमा एमालेबाट भीमबहादुर सेन, दार्मा गाउँपालिकामा माओवादी केन्द्रबाट निमबहादुर केसी, सिद्ध कुमाख गाउँपालिकामा एकीकृत समाजवादीबाट मानबहादुर चलाउने र उपाध्यक्षमा एमालेबाट पुष्पा बोहरा उम्मेदवार हुनुनुहन्छ ।

सिद्ध कुमाख गाउँपालिकामा २०७४ सालको स्थानीय तहमा निर्वाचनमा दुवै जना नेकपा एमालेबाट निर्वाचित भएका थिए । एमाले विभाजन भएपछि अध्यक्ष मानबहादुर चलाउने एकीकृत समाजवादी रोज्नुभएको थियो भने उपाध्यक्ष पुष्पा बोहरा एमालेमै रहनुभएको छ ।

यस्तै, नेकपा एमालेका जिल्ला अध्यक्ष गोविन्दकुमार पुन पनि २०७४ सालको स्थानीय निर्वाचनमा वनगाड कुपिण्डे नगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरमा निर्वाचित भएका हुनुभएको थियो । अहिले पुनः. एमाले बाटै मेयरको उम्मेदवार दिनुभएको छ ।

नेपाली काँग्रेसबाट त्रिवेणी गाउँपालिकामा उपाध्यक्षमा निर्वाचित करुणा खड्काले स्वतन्त्रमा उम्मेदवारी दिनुभएको छ । उहाँले आफूले उपाध्यक्षमा निर्वाचित भएदेखि गर्दै आएका अपुरा अधुराकाम पूरा गर्नको लागि पार्टीसँग फेरि पनि टिकट माग्दा पार्टीले आफुलाई बेवास्ता गरेकाले स्वतन्त्रबाट उम्मेदवारी दिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘पार्टीले मैले गरेको कामको मूल्याङ्कन गर्ला गनेर टिकट मागेको थिए आफूले गर्नुपर्ने काम धेरै थिए त्यसैले टिकट मागे तर पार्टी मलाई टिकट दिएन त्यसैले मैले स्वतन्त्र उम्मेदवारी दिएकी छु ।’’

यस्तै, जिल्ला समन्वय समिति सल्यानका प्रमुख केशबहादुर विष्ट पनि चुनावी मैदानमा रहनुभएको छ । उहाँले छत्रेश्वरी गाउँपालिका अध्यक्षको उम्मेदवारी दिनुभएको छ । उहाँ काँग्रेस सल्यानमा सभापतिसमेत हुनुहुन्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu