सिद्धार्थनगरमा कांग्रेस र माओवादीबीच तालमेल
रुपन्देही-आगामी वैशाख ३० गते स्थानीय हुने निर्वाचनका लागि दुई दलबीच भएको तालमेल अनुसार माओवादी केन्द्रका मेयर उम्मेदवार मनिषकुमार जोशी र कांग्रेसकी उपमेयर उम्मेदवार पल्लवी न्यौपानेले शुक्रबार उम्मेदवारी फिर्ता लिएका छन् ।
अब माओवादी केन्द्रले कांग्रेसका ईस्तियाक अहमद खानलाई र नेपाली कांग्रेसले माओवादी केन्द्रकी कमला थापालाई सहयोग गर्ने छन् ।
संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धन भएको र गठबन्धनको मर्म अनुसार तालमेल गरिएको नेपाली कांग्रेस सिद्धार्थनगरका सभापति कोशिसबहादुर खड्काले जानकारी दिए ।