Connect with us
Kapilvast Forest

४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी

२०७९, १७ बैशाख शनिबारमा प्रकाशित

 

काठमाडौंं- स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि हालसम्म ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएको छ । मुद्रण अधिकृत बाबुराम कोइरालाका अनुसार बाँकी जिल्लामा ढुवानीको काम जारी छ ।

कर्णाली र सुदूरपश्चिमका सबै जिल्ला, प्रदेश १ को मोरङबाहेक सबै जिल्ला र गण्डकीको पोखरा महानगरबाहेक सबै स्थान, बागमती प्रदेशका ५ जिल्लामा मतपत्र पुगिसकेको कोइरालाले बताउनुभयो । वैशाख १८ गते आइतबार लुम्बिनी प्रदेशको १२ जिल्लामा मतपत्र पठाइनेछ ।

काठमाडौँबाट लामो दूरीमा रहेका पूर्व र पश्चिमका अधिकांश जिल्लामा मतपत्र पुगिसकेको छ । केही जिल्लामा पुग्नेक्रम जारी रहेको आयोगले जनाएको छ । मनाङ र मुस्ताङ जिल्लामा हेलिकोप्टरबाट मतपत्र ढुवानी गरिसकिएको छ । निर्वाचन आयोगले यही वैशाख १३ गतेबाट मतपत्र ढुवानी शुरु गरेको थियो ।

हालसम्म ६ वटा महानगर र भक्तपुर जिल्लाबाहेक ७६ जिल्लाका लागि एक करोड ८० लाख ४५ हजार मतपत्र छपाइ सम्पन्न भएको छ । स्थानीय तह निर्वाचनका लागि १ करोड ९४ लाख मतपत्र आवश्यक पर्ने आयोगको भनाइ छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu