Connect with us
Kapilvast Forest

भीम रावलको गृहजिल्लामा एमाले र नेकपा एसको तालमेल

२०७९, १८ बैशाख आईतवारमा प्रकाशित

कैलाली – पाँच दलीय गठबन्धनमा रहेको एकीकृत समाजवादीले अछाममा एमालेसँग तालमेल गरेको छ।एमाले नेता भीम रावलकै गृह जिल्लामा एमाले र एकीकृत समाजवादीबीच स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल भएको हो । अछामको मेल्लेख गाउँपालिकामा दुई दलबीच तालमेल भएको एमाले नेता कृष्ण प्रसाद जैशीले जानकारी दिए ।

दुई पार्टीबीच भएको सहमति अनुसार सो पालिकामा एमालेले अध्यक्ष र समाजवादीले उपाध्यक्षको उम्मेदवार उठाएका छन् । एमालेबाट भीम खड्का अध्यक्ष र समाजवादीबाट समिता महरा उपाध्यक्ष उठेका छन् ।

 

उम्मेदवारी फिर्ता लिने अन्तिम दिन शुक्रवार दुई पार्टीबिच सहमति भएको हो ।सहमति भएपछि समाजवादीका अध्यक्षका उम्मेदवार डम्मर नेपाली र एमालेका उपाध्यक्षका उम्मेदवार चन्द्रा बुढाले उम्मेदवारी फिर्ता लिएकी थिइन् ।

उनका अनुसार वडा स्तरमा पनि तालमेलको सहमति भएको छ । सात वडाको नेतृत्व एमालेले गर्ने र एक वडामा समाजवादीलाई दिने सहमति भएको थियो । तर, एमालेले एउटा वडा पनि छोड्न नचाहेपछि त्यहाँ मित्रवत् प्रतिस्पर्धाको सम्भावना बढेको जैसी बताउँछन् ।

साँफेबगरमा माओवादी एमालेको तालमेल

अछामकै साँफेबगर नगरपालिकामा पनि एमाले र माओवादीको तालमेल भएको छ । त्यहाँ माओवादीका उम्मेदवारहरू सूर्य चुनाव चिन्हबाटै लड्ने गरी सहमति गरेका हुन् ।

पशुपति कुँवरलाई एमाले प्रमुखको उम्मेदवार बनाइको छ भने माओवादीको तर्फबाट रणबहादुर थापाले उपप्रमुखमा उम्मेदवारी दिएका छन् । उनीहरू दुवै सूर्य चुनाव चिन्हमा लड्ने गरी सहमति भएको एमाले नेता जैशीले बताए । साँफेबगरमा माओवादीले वडासम्मै सूर्यबाट लड्ने गरी तालमेल भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu