Connect with us
Kapilvast Forest

आजदेखि उपत्यकामा २७ करोड लिटर पानी

२०७९, १८ बैशाख आईतवारमा प्रकाशित

काठमाडौं  -काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले आइतबारदेखि मेलम्चीको १७ करोड लिटर पानी वितरण गर्ने भएको छ । केयुकेएलका प्रमुख मिलन शाक्यले मेलम्ची आयोजनाबाट आउने १७ करोड लिटर पानी आइतबार दिउँसोदेखि वितरण प्रणालीमा पठाइने जानकारी दिए ।

 

आइतबार बिहान ११ बजेसम्म सर्वसाधारणको धारामा पुगिसक्ने उनले बताए । वैशाख ११ गते मीनभवनबाट मेलम्चीको पानी वितरण सुरु भएको थियो । वितरण प्रणालीमा १७ करोड लिटर पानी पठाएसँगै वितरण हुन बाँकी क्षेत्रमा पनि वितरण सुरु हुने बताए । उनले भने, “यसअघि कतिपय ठाउँमा पानी पुग्न सकेको थिएन । वितरण प्रणालीमा १७ करोड लिटर पठाउँदा पाइप परीक्षण भइसकेका सबै ठाउँमा पानी पुग्नेछ । पानी पुग्न नसकेका ठाउँमा केयुकेएलको र्‍यापिड रेस्पोन्स टिम पुगी छिटोभन्दा छिटो समस्या समाधान गर्नेछ ।” वितरण प्रणालीमा १७ करोड लिटर पानी पठाएसँगै अब काठमाडौँ उपत्यकामा २७ करोड लिटर पानी वितरण हुनेछ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu