Connect with us
Kapilvast Forest

रोजगारी र श्रमको मौलिक हक कार्यान्वयन गर्न राष्ट्रिय युवा परिषदको आग्रह

२०७९, १८ बैशाख आईतवारमा प्रकाशित

काठमाडौं- राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले रोजगारी नपाएका युवालाई रोजगारी दिलाउन र रोजगारी पाएका श्रमिकलाई उचित पारिश्रमिक दिन सरकार लगायत सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन् ।

बस्नेतले आसन्न स्थानीय तहको निर्वाचनवाट निर्वाचित हुने स्थानीय तहलाई श्रमिकको हक, हित र सामाजिक सुरक्षामा जोड दिन पनि अपिल गरेका छन् ।

 

१३३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देशमार्फत रोजगारी र श्रमको मौलिक हक कार्यान्वयन गर्न आग्रह गर्दै बस्नेतले भनेका छन् । ‘नेपाली युवा मजदुरको सुरक्षित कार्यथलो, उचित पारिश्रमिक, सामाजिक सुरक्षा, नीति निर्माणमा सहभागिताको सुनिश्चितता गर्दै उनीहरुको जीवनमा प्रत्यक्ष अनुभूत हुने गरी परिणाममुखी काम गर्न सम्वन्धित सबै पक्षको ध्यानाकर्षण गराउँदछु ।’

बस्नेतले कोरोना महामारीले रोजगारी गुमाएका युवाहरूलाई काममा फर्काउन मजदुर दिवसले सबैलाई घचघच्याउने विश्वास व्यक्त गरेका छन् । ‘कोरोना कहरका कारण समग्र अर्थतन्त्रमा परेको नकारात्मक असरसँगै श्रमिक तथा मजदुर वर्गले अत्यन्तै ठूलो प्रताडना मात्र ब्यहोर्नु परेको छैन, अपितु लाखौंको संख्याले रोजगारीबाट नै विमुख हुनुपरेको छ,’ बस्नेतले भनेका छन्, ‘यस विकाराल स्थितिको अविलम्ब अन्त्य गर्दै आम श्रमिक वर्गलाई काममा फर्काउन यस दिवसले सरोकारित सबैलाई घच्घच्याउने विश्वास लिएको छु ।’

 

आठ घण्टाको कार्य दिवस सहित आफ्नो अधिकारका निमित्त अमेरिकाको शिकागो शहरका मजदुरहरुले गरेको संघर्षको दिन १ मईलाई नेपाल लगायत विश्वभरका मजदुरहरुले मई दिवसका रुपमा मनाउँदै आएका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu