Connect with us
Kapilvast Forest

सशस्त्र र नेपाल प्रहरीको आईजीपीबारे निर्णय गर्न मन्त्रिपरिषद बैठक बस्दै

२०७९, १८ बैशाख आईतवारमा प्रकाशित

काठमाडौं – नेपाल प्रहरी र सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिका विषयमा छलफल गर्न मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने छ ।

मन्त्रिपरिषद बैठकअघि प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाँणसहित गठबन्धनका शीर्ष नेताहरुसँग परामर्श गरेका छन् । परामर्शका लागि प्रधानमन्त्री देउवाले नेताहरुलाई बालुवाटारस्थित निवासमा बोलाएका थिए ।

नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरीका महानिरीक्षक पुष्पराम केसी आजबाट अनिवार्य अवकाशमा जान लागेकाले सरकारले नयाँ नियुक्तिको निर्णय गर्न लागेको हो ।

सशस्त्र प्रहरी बलमा आईजीपीका लागि राजु अर्याल एकल दाबेदार हुन् । उनलाई यसअघि बसेको मन्त्रिपरिषद बैठकले एआईजीमा बढुवा गरेको थियो । उनका प्रतिस्पर्धी डीआईजी नै छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu