Connect with us
Kapilvast Forest

मेयर भएँ भने महानगरभित्रका श्रमिक महिलाका लागि विशेष राहत योजना ल्याउँछु : सिंह

२०७९, १८ बैशाख आईतवारमा प्रकाशित

काठमाण्डाै – सत्तारुढ गठबन्धनको तर्फबाट काठमाण्डाै महानगरपालिकामा मेयर पदको उम्मेदवार सिर्जना सिंहले महानगरभित्रका श्रमिक महिलाका लागि विशेष राहत योजना ल्याउने बताउनुभएको छ ।

आज आइतवार बानेश्वरमा काठमाण्डाै महानगरका उम्मेदवार परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले श्रमिक महिलालाई सरकारले बेवास्ता गरेको बताउनुभयो । उहाँले महिलाले बिहानदेखि बुलुकीसम्म घरमै काम गरेर बस्ने भए पनि सरकारले श्रमको मूल्याङ्कन नगरेको बताउनुभयो ।

उहाँले भन्नुभयाे, ‘म काठमाण्डाै महानगरपालिकाकाे मेयर भएँ भने गरिबीकाे रेखामुनि रहेका श्रमिक महिलाका निम्ति विशेष राहत प्याकेज ल्याउँछु । सूचना र प्रविधि अपनाएर युवालाई आत्मनिर्भर बनाएर उद्यमी बनाउनेत र्फपनि लाग्नेछु ।’

सिंहले श्रमिक महिलाका बालबालिकाका लागि महानगरभित्रका ९१ वटा सामुदायिक विद्यालयमा शिशु स्याहार केन्द्र बनाउने पनि बताउनुभयो । त्यसैगरी महानगरले युवा क्लबहरूसँग सहकार्य गरी युवालाई खेलकुदतर्फ आकर्षित गर्ने पनि उहाँकाे भनाइ छ । सिंहले हरेक वडाको गल्ली–गल्लीमा बिजुली बत्ती बालेर र सीसी क्यामेरा जडान गरेर महिलाका लागि सुरक्षित अनुभुति गराउने पनि बताउनुभयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu