Connect with us
Kapilvast Forest

जसपा शिवराजको घोषणापत्र :प्रत्येक वडामा १५ शैयाको स्वास्थ्य केन्द्र ,टोलटोलमा सहकारी

२०७९, १९ बैशाख सोमबारमा प्रकाशित

कपिलवस्तु ,न्युज सेन्टर नेपाल -जनता समाजवादी पार्टी (जसपा)शिवराज नगर समितिले स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक गरेको छ ।जसपा शिवराज नगर समिति शिवराजको पार्टि कार्यालयमा आज (सोमबार )पत्रकार सम्मेलन गर्दै मेयर पदका उम्मेदवार कृष्ण कुमार चौधरीले चुनावि एजेण्डा सहित ९ बुदे प्रतिबद्धता पत्र प्रस्तुत गर्नु भएको थियो ।

घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष चौधरीले शुसासन जनमुखी र पारदर्शी प्रसासन, शिक्षा, स्वास्थ्य, स्वरोजगार ,कृषि,पर्यटन। ढल तथा फोहोरमैला ब्यपस्थापन ,औधौगिकरण लगायतका योजना घोषणा पत्रमा उल्लेख रहेको जानकारी दिनुभयो ।
घोषणापत्रमा स्थानिय तहमा उठाईने व्यवसासयक कर ।सम्पति कर ,मालपोत कर ,घरवाहलकर,, शुल्क र जरिवानाको अभिलेख नियमिच सार्वजनिक गर्ने , कक्षा १२ सम्म निशुल्क शिक्षाको प्रबन्ध मिलाउने , प्रत्येक वडामा १५ शैयाको स्वास्थ्य केन्द्र बनाउने ,टोलटोलमा उत्पादन सहकारी सञ्चालन गर्ने लगायतका प्रतिवद्धता सहितको योजना घोषणापत्रमा उल्लेख रहेको जनाउनु भएको थियो थियो ।

सोहि कार्यक्रममा बोल्दै उपमेयर पदका उम्मेदवार प्रमिला चौधरीले समान  ज्याला र समान अवसरको लागि आफनो उम्मेदवार रहेको बताउनु भएको थियो । उहाँले नगरको प्रतिवद्धतामा उल्लेख भएका सबै एजेण्डा सतप्रतिशत पुरा हने बताउनु भएको थियो ।

जसपा केन्द्रिय सदस्य नारायण खनालको प्रमुख आतिथ्यता , जसपा शिवराजको चुनाव प्रचार प्रसार समितिका संयोजक रहिस शाहको संचालन रहेको कार्यक्रममा वडा अध्यक्ष पदका उम्मेदवार ,जसपा नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

हेर्नुहोस पुर्ण पाठ

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj