Connect with us
Kapilvast Forest

स्वतन्त्र मेयर जिताउन शिव प्रसाद चुनावी मैदानमा

२०७९, १९ बैशाख सोमबारमा प्रकाशित

कपिलवस्तु-

कपिलवस्तुको कृष्णनगर नगरपालिका समाजसेवी शिव प्रसाद जयसवाल अहिले लालटिन लिएर चुनावी मैदानमा उत्रिनु भएको छ ।

शिवप्रसाद जयसवालका छोरा महेश जयसवाल९पिन्टु० ले कृष्णनगरमा स्वतन्त्र मेयर पदका उम्मेदवार भई लालटिन चुनाव चिन्ह पाएका छ्न ।
२०७४ सालको स्तानिय तहको निर्वाचनमा उपविजेता बनेका शिव प्रसादले आफ्नो छोरालाई स्वतन्त्र उम्मेदवारको रुपमा अगाडी सार्नु भएको छ ।

अहिलेको स्थानिय तहको निर्वाचनमा आफनो जित सुनिश्चित रहेको जयसवालले बताउनु भयो । घरदैलो कार्यक्रमलाई तिव्रता दिदै चुनावी अभियानमा होमिएको शिव प्रसाद जयसवालले जानकारी दिनुभयो ।

आफ्नो चुनाव चिन्ह लालटिन भएकोले जयसवाल परिवार र उनका समर्थक लालटिन सहित चुनावी प्रचारप्रसारमा जुटेका छन । मेयर पदका उम्मेदवार जयसवाललाई जिताउन उहाँ घर दैलोमा ब्यस्त रहनु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj