महाराजगंजमा घरदैलो अभियानलाई तिव्रता, कलामको उम्मेदवारीले नगरवासी खुसी,
कपिलवस्तु-नेपाली कांग्रेस महराजगंज चुनावी मैदानमा उत्रिएका उम्मेद्धारहरुले घरदैलो अभियान लाई तिव्रता छन् ।नगरप्रमुख, उपप्रमुख ,वडा अध्यक्ष , सदस्यहरु उम्मेद्धारहरुले सोमवार का दिन कजरहवा, सोनबर्सा टोल-टोल ,गाऊ-गाऊ गई निर्वाचन सफल पार्न घरदैलो अभियान गरेका हुन ।
महारजगंज नगरपालिका नगरप्रमुख पदका उमेदवार अब्दुल कलाम र उप-प्रमुख पद का उमेदवार शुभावती कुर्मी वडा अध्यक्ष पदको उम्मेद्धार योगेन्द्र कुमार केसी सहित महिला वडा सदस्य ,खुल्ला वड़ा सदस्य, सहितको प्यानल चुनावी मैदानमा रहेका छन् । उनीहरुले वडा भित्रका जनताका घर घरमा पुगि मतभार आफ्नो पक्षमा बनाउन यो अभियान सुरु गरेका हुन ।
अब्दुल कलाम लाई पाएकोमा वडा वासीले खुसी व्यक्त गर्दै यस पालिको चुनावमा पुनः नेपाली कांग्रेसले निर्वाचनमा भारि मतले विजयी गराउनका लागि पर्ने वडावासीले चाहेका मैदानमा हामीनु वडा वासीको सवैको लागि गर्वको कुरा रहेको वडा वासीले वताएका छन् ।
वडा अध्यक्ष पदका उमेद्धवार योगेन्द्र कुमार केसीले वडा वासीको आशिर्वाद माग्न हजुरको घर दैलोमा आएको हो आफु निर्वाचित पछि पनि यसै गरि आमा, वुवा, दाजु भाई, दिदी वहिनीको घरदैलोमा अहिले आर्शिवाद माग्न जसरी आएको छु त्यसै गरी भोलि हजुरको सेवा गर्नका लागि दिन रात नभनी लाग्ने छु मेरो प्रतिबद्धता भयो उहाँले भन्नु भयो ।
महारजगंज नगरपालिमा आफनो घर दैलोलाई निरन्तरता दिने गर्दै वडाको विकासका लागि अगाडी सरेकोमा वडा वासीको साथ सर्मथ रहेने वडा वासीले भनेकोमा नेपाली कांग्रेसले निर्वाचनमा जित्ने पक्का रहेको उम्मेद्धवारहरुले दावी गर्दै आएका छन् ।