Connect with us
Kapilvast Forest

इद मुबारक

२०७९, २० बैशाख मंगलवारमा प्रकाशित

काठमाडौं – आज देशभरका मुस्लिम समुदायले नजिकका मस्जिदमा विशेष नमाज पाठ गरेर इदउल फित्र पर्व मनाइरहेका छन् ।अरबी पात्रो हिजरी संवत अनुसार दशौं महिना (सौवाल) को पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ ।

मंगलबार राजधानी काठमाडौंका दुई मस्जिदलगायतका ठाउँमा विशेष नमाज वाचन गरिएको छ । घण्टाघरमा रहेको जामे मस्जिद, पञ्चकाश्मिरी तकियामा नमाज वाचन गरी शुभकामना साटासाट गर्दै मुस्लिम समुदायले इदउल फित्र पर्व मनाएका छन् । यसअघि कोरोना महामारीका कारण नमाज पाठ गर्न रोक लगाइएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj