Connect with us
Kapilvast Forest

निर्वाचन सुरक्षा गोष्ठीमा सहभागी हुन गृहमन्त्री खाँण राजविराजमा

२०७९, २२ बैशाख बिहीबारमा प्रकाशित

राजविराज – गृहमन्त्री बालकृष्ण खाँण निर्वाचनको सुरक्षा व्यवस्थाबारे जानकारी लिन आज बिहान सप्तरी आइपुगेका छन् ।निर्वाचन सुरक्षाबारे आज बिहान ११ बजे राजविराजको आइगार्डेन होटलमा आयोजना हुने गोष्ठीमा मन्त्री खाँण सहभागी हुने सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।

 

गोष्ठीमा सप्तरी, सिरहा र उदयपुरका प्रमुख जिल्ला अधिकारीहरुको सहभागिता रहने छ ।विराटनगरबाट बिहानै सप्तरी आएका गृहमन्त्री खाँणले छिन्नमस्ता मन्दिरमा पूजाआजा गरेका थिए । त्यसपछि उनले स्थानीय कांग्रेसका उम्मेदवार र पार्टी कार्यकर्ताहरुसँग भेटघाट गरेका थिए ।