Connect with us
Kapilvast Forest

शिवराजलाई भ्रष्टाचार मुक्त पालिका बनाउँछौं :मेयर पदका उम्मेदवार पोख्रेल

२०७९, २२ बैशाख बिहीबारमा प्रकाशित

तस्विर कमल विस्ट

 

अर्जुन बेल्बासे, कपिलवस्तु-स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा यहाँका प्रतिस्पर्धी उम्मेदवारहरु घरदैलोमा पुगेर मत माग्नमै ब्यस्त छन् ।विभिन्न राजनीतिक दलहरु आ आफना निर्वाचन क्षेत्रमा पुगेर आ आफनै शैलीले मत माग्ने गरेका छन् ।

नेकपा (एमाले) को तर्फबाट शिवराज नगरपालिकाको मेयर पदको उम्मेदवार बन्नु भएका महादेव पोख्रेलले शिवराज नगरपालिका भ्रष्टाचार मुक्त पालिका बन्ने बताउनु भयो ।

मेयर पदका पोख्रेलले आफु निर्वाचि भएपश्यात नगरबासीका आवश्यकता अनुरुपका शिक्षा, स्वास्थ्य, रोजगार, पूर्वाधार विकाससंगसंगै सुशासनयुक्त र भ्रष्टाचार मुक्त पालिका बनाउने अभियानमा जुटेको बताउनु भयो ।घरदैलो अभियानको क्रममा आज वडा न १ का विभिन्न टोलमा पुगेका मेयर पदका उम्मेदवार महादेव पोख्रेलले आफू सहितको टिम निर्वाचित पछि शिवराज समृद्ध नगरको रुपमा परिभाषित हुने बताउनु भयो ।

५ बर्षे सम्म शिवराजमा उप प्रमुखमा रहि नगबासिको सेवामा खटिएकि उप मेयर पदकी उम्मेदवार शिवकुमारी थारुले आफ्नो कार्याकालको समयसीमा उल्लेख्य भएको बताउँदै अधुरा योजना पुरा गर्ने बताउँदै शिक्षा ,स्वास्थ्य कृषि ,खानेपानी , सरसफाइ लक्ष्ति बर्गका नागरीको लागि प्राथमिकताका साथ काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

स्थानिय तहको निर्वाचजलाई केन्द्रित गरेर नगरका उम्मेदवार सङ्गै आज प्रचारप्रसार र घरदैलोका क्रममा आज मा वडा न एक का विभिन्न टोलमा पुगेका वडा अध्यक्ष पदका उम्मेदवार खिम बिक्रम केसिले वडाबासिको चाहना अनुसार काम गरेर वडालाई नमुना बनाउने बताउनु भयो । विगत ५ वर्षदेखि स्थानिय सरकारको अनुभुति गर्न पाएका वडा वासिले एमाले उम्मेदवार जिताउने समेत बताएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj