Connect with us
Kapilvast Forest

शिवराजको वडा नम्बर ९ मा एमालेको जित निश्चित छ :अध्यक्ष उम्मेदवार मल्ल

२०७९, २२ बैशाख बिहीबारमा प्रकाशित

कपिलवस्तु – नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका वडा अध्यक्ष पदका उमेदवार अशोक मल्लले एमालेले वडामा सानदार जित निकाल्ने दाबी गर्नू भएको छ । आज शिवराज ९ शिवगढीमा प्रतिवद्धतापत्र सार्वजनिक कार्यक्रममा बोल्दै यस्तो बताउनु भएको हो । वडा न ९ मा अहिले एमाले प्रति जनलहर वढ्दै गएको बताउँदै एमाले उम्मेदवारको जित हुने जानउँनु भयो । शिवगढीको जनसेवामा रहेक समय विताएका कर्मठ,ईमन्दार र योग्य उम्मेदवारको रुपमा एमालेले मल्ललाईउम्मेदवार वनाएसगैं स्थानियहरु मल्लको पक्षमा देखिएकाछन ।

नेकपा एमालेको तर्फबाट वडा न ९ का उम्मेदवारहरुले प्रस्तुत गरेको चुनावी घोषणा पत्रमा समृद्ध शिवगढी सुखि शिवगढी बनाउने योजना तथा कार्यक्रम सहित शिक्षा , कृषि,स्वास्थ्य ,खेलकुद लगायतका विषय चुनावि प्रतिवद्धतामा समेटिएका छन ।

कार्यक्रममा प्रमुख अतिथि प्रमोद सुबेदी र वडा इन्चार्ज गोपाल बन्जाडेले एकतावद्धा भएर नेकपा एमालेका उमेदवार लाई सात सूर्यमा चिन्हमा सात छाप लगाइे अभियानमा लाग्न अपिल गरे ।

शिवराज ९ नम्बर वडाका लागि नेकपा एमालेले वडा अध्यक्षमा अशोक मल्ल, महिला सदस्यमा विष्णु सोती, दलित महिला सदस्यमा फुलमाया सुनार र खुल्ला वडा सदस्यमा पदम सुनार र अतित पुन लाई उमेदवारको रुपमा अघि सारेको छ ।

प्रतिवद्धता पत्र सार्वजनिक कार्यक्रम एमाले ९ नम्बर वडा अध्यक्ष तथा वडा अध्यक्षका उमेदवार अशोक मल्लको अध्यक्षता , जिल्ला सल्लाहकार सदस्य प्रमोद सुबेदीको प्रमुख आतिथ्यता, सचिव तथा खुल्ला वडा सदस्यका उमेदवार पदम सुनारको सन्चालनमा सम्पन्न भएको थियो ।

घोषणा–पत्रको पूर्ण पाठ –

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj