Connect with us
Kapilvast Forest

जेठ ७ गते नीति तथा कार्यक्रम ल्याउने तयारी

२०७९, २३ बैशाख शुक्रबारमा प्रकाशित

काठमाडौं – संघीय संसद सचिवालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा पेश गर्ने गरी प्रारम्भिक खाका तयार पारेको छ ।जेठ लागेपछि कुनै हालतमा संसदको वर्षे अधिवेशन आह्वान हुने आंकलन गरेर संसद सचिवालयले जेठ ३ गतेदेखि संसदमा प्रि–बजेटको प्रारम्भिक खाका तयार गरेको हो ।

 

संघीय संसद सचिवालयलका अनुसार जेठ ३ गते अर्थमन्त्रीले बजेटको प्राथमिकता पेश गर्ने, ४ गते प्रि–बजेट छलफल गर्ने, प्रि–बजेटमाथिको छलफल र मन्त्रीबाट जवाफ प्रस्तुत गर्न दिने र जेठ ७ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएको छ ।

सरकारले पनि बजेट अधिवेशन बोलाउने तयारी अगाडि बढाएको छ । त्यस अनुसार संघीय संसद सचिवालयले पनि बजेटमाथिको छलफलको प्रारम्भिक खाका तयार पारेको हो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj