मेयर पदमा खनाललाई जिताउन काँग्रेसी नेता एकजुट
कपिलवस्तु-नेपाली कांग्रेसले शिवराज नगरपालीकामा चुनावी अभियानलाई तिव्र वनाएको छ । कांग्रेसले नगरवासीहरुको घरघरमा पुगेर मतदातासंग मत मागिरहेको छ । नगर प्रमुख पदका उम्मेदावर हुमाकान्त खनाल र उपप्रमुख पदका उम्मेदावर सारदा रायमाझीको टिमको पक्षमा मत माग्न कांग्रेसका जिल्ला देखि केन्द्र सम्मका नेता एकजुट भइ दौडधुप गरिरहेका छन ।
खनाल टिमलाई मत माग्न नेपाली कांग्रेसका केन्द्रीय सदस्य रुपा विक , लुम्विनी प्रदेश संसदीय दलका नेता विरेन्द्रकुमार कनौडिया , प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाह लगाएका नेताहरु शिवराज नगरपालीकाको विभिन्न गांउहरुमा पुगेर मत मागिरहेका छन । यसैविच आज नगरपालीकाको वडा न ४ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रुपा विक र प्रदेश संसदीय दलका नेता विरेन्द्रकुमार कनौडीयाले घरदैलो गरेका छन । घरदैलो पश्चात भएको कोण सभालाई संवोधन गर्दै केन्द्रीय सदस्य विकले पार्टिमा लामो समय योग्दान गरको नेता हुमाकान्त खनालको टिमलाई विजयी वनाउन आवहान गरेकी छिन । कांग्रेसले एकदमै भ्रद सालीन र अहिले सम्म कुनै दाग नलागेको व्यतmीलाई नगरप्रमुख पदको उम्मेदावर वनाएकाले विपक्ष दलमा आवद्ध नेता कार्यकार्ताले पनी मत दिएमा कुनै पछुतो नहुने वताएकी छिन ।
यस्तै प्रदेश संसदीय दलका नेता विरेन्द्रकुमार कनौडियाले लामो राजनीती ईतिहास वोकेको राजनीती सहयात्री खनाल भएको भन्दै अहिले सम्म कुनै पदमा निर्वाचन नलडेका खनाल र उनको टिमलाई मतदान गर्न आवाहान गरेका छन । विकासका थुप्रै योजनाहरु ख्नाल संग रहेकाले निवार्चनमा उनलाई विजयी गराउन आग्रह गरेका छन । नगरप्रमुख पदका उम्मेदावर हुमाकान्त खनालले आफुले निर्वाचन जितेमा भष्टाचार नगर्ने र गर्न समेत नदिने वताउनुभएको छ । उहांले जनमैत्री काम गर्ने प्रतिवद्धता समेत गर्नुभयो । उपप्रमुख पदका उम्मेदावर सारदा रायमाझीले आफुहरु जितको नजिक पुगेको वताउनुभयो