Connect with us
Kapilvast Forest

कांग्रेसको घोषणापत्रमा एमालेलाई गालीबाहेक अरु केही छैन : अध्यक्ष ओली

२०७९, २३ बैशाख शुक्रबारमा प्रकाशित

 

कञ्चनपुर – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ३० पछि कसलाई कसले टर्च बालेर खोज्नुपर्छ भन्ने यथार्थ देखाइ दिने उदघोष गर्नुभएको छ । गठबन्धनको चुनावी अभियान देउसी जस्तै भएको भन्दै अध्यक्ष ओलीले बिकाउ बनेकाहरुलाई चुनावमा जनताले हैसियत देखाइ दिने बताउनु भएको हो ।

‘अरुले आफ्नो हैसित अनुसारका कार्यक्रम गरिरहेका छन् । एमालेबाट छुटिएको नेताले टर्च बालेर खोज्नु पर्छ भन्यो । बेलौरीमा यत्रो सभा देखेनन्,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘वैशाख ३० गतेपछि कसलाई कसले टर्च बालेर खोज्नुपर्छ देखाउँछौं,’ कञ्चनपुरको बेलौरीको खुल्ला मञ्चमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले भन्नुभयो, ‘अरुका सभा घरदैलो देउसी जस्तै देखिन्छ । अरुका जस्ता ससाना कार्यक्रम हामीले गर्नुहुँदैन ।’ अध्यक्ष ओलीले एमालेको शक्ति देखेर दलहरु एक्लै लड्न डराएको बताउँदै अहिले गठबन्धन गरेर पनि एमालेसँग सकिँदैन कि भनेर झस्कने गरेको तथ्यसमे तखोल्नुभयो ।

‘एमालेसँग एक्लै लड्न नसकिने भएरै उनीहरुले पालिकादेखि वडासम्मै गठबन्धन गरेका छन, शेरबहादुर जीले गठबन्धनलाई भोट दिएर जिताउनुस् भनिरहेका छन्, एमालेसँग एक्लै लड्न सकिँदैन, ठूलो छ भनिरहेका छन,’ ओलीले भन्नुभयो । उहाँले गठबन्धनको घोषणा पत्रप्रति कटाक्ष गर्दै एमालेलाई गाली बाहेक अरु केही नभएको बताउनु भयो ।

‘कांग्रेसको घोषणा पत्रमा सभापतिको नाम ७ पटक छ, मेरो नाम ४२ ठाउँमा लेखेका छन, एमालेलाई गाली बाहेक घोषणा पत्र केही छैन,’ अध्यक्ष ओलीले भन्नुभयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu