कुनै पनि सुकुम्बासी परिवार घरबारविहीन हुँदैनन :अध्यक्ष पदका उम्मेदवार थापा
कपिलवस्तुको विजयनगर गाउँपालिका प्रमुख पदका उम्मेदवार, १५ वर्षदेखि विजयनगरको राजनीतिमा अनवरत रूपमा लागेका गोपाल थापा नेकपा एमालेबाट गाउँपालिका अध्यक्षमा विजय भई एक कार्यकाल पूरा गरिसक्नु भएको छ । उहाँ अहिले विजयनगर गाउँपालिकामा नेकपा एमालेको तर्फबाट पुनः गाउँपालिका अध्यक्षको उम्मेदवार हुनुहुन्छ ।
थापा विभिन्न सामाजिक कार्यमा जोडिँदै नेकपा एमालेको जिल्ला कमिटी सदस्य र विजयनगरको इन्चार्ज समेत रहनु भएको छ ।
विजयनगरलाई समृद्ध बनाउने, श्रमजीवीका सवालहरूलाई उठाउँदै सम्बोधन गर्ने, यहाँ उद्योगी व्यवसायीको हित प्रवद्र्धन गर्दै रोजगारमूलक बनाउने र भ्रष्टाचारमुक्त नमूना गाउँपालिका बनाउँदै गुणस्तरीय सेवा प्रवाह गर्ने आफ्नो एजेन्डा रहेको उहाँ बताउनुहुन्छ । त्यसैले पनि हामी चुनाव जित्छौँ । सँगसगै हामीसँग दर्विलो संगठन, विशाल कार्यकर्ताको पंक्ति र आम विजयनगरबासीको साथ र सहयोग छ, थापा भन्नुहुन्छ– सार्वजनिक विद्यालयलाई स्तरोन्नति गर्दै गुणस्तरीय शिक्षालय बनाउँछौं । निजी विद्यालयसँगको सहकार्यलाई प्रभावकारी बनाउँछौं ।
सबै खालका शैक्षिक संस्था खोल्न र त्यसलाई गुणस्तरीय बनाउन ठोस योजनाका साथ अघि बढ्ने उहाँको सोच छ । सामुदायिक विद्यालयमा व्यवस्थित छात्रा शौचालय र निःशुल्क सेनिटरी प्याडको व्यवस्था गर्ने , विजयनगरमा बेटी बचाउ, बेटी पढाउ नीतिलाई कार्यान्वयन गर्ने, भइरहेका स्वास्थ्य केन्द्र र अस्पताल व्यवस्थापन गर्दै स्वास्थ्यबीमा कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने थापाको भनाई छ । निःशुल्क औषधी वितरण कार्यलाई प्रभावकारी बनाई पालिकाका सबै नागरिकलाई स्वस्थ बनाइने छ ।
विजयनगरलाई सुशासनयुक्त बनाउन चुस्त र दुरूस्त कर्मचारी प्रशासन बनाई भइरहेका करार र सबैखाले कर्मचारीको स्थायित्व गर्दै उनीहरूलाई प्रोत्साहन नीति मार्फत काममा लगाइने छ । विजयनगरभित्र भएका सबै कर्मचारीलाई नयाँ उर्जाका साथका साथ काम गर्ने वातावरण तयार गर्दै कर्मचारी र जनप्रतिनिधि बीचको समन्वयलाई प्रभावकारी बनाइने छ । लामो समयदेखि सेवा गरिरहेका कर्मचारीलाई सम्मान र नयाँ कर्मचारीलाई प्रविधियुक्त तालिम दिएर प्रोत्साहन गर्ने काम अगाडि बढाइने छ । भ्रष्टाचारमा मात्र नभई ढिलासुस्तीमा समेत शुन्य सहनशीलता अपनाउने उहाँले बताउनु भयो ।
विजयनगरमा रहेका सबै सुकुम्बासीको घर निर्माणलाई प्राथमिकता दिँदै सबैको घर निर्माण गरिने अध्यक्ष उम्मेदवार थापाको योजना छ । कुनै पनि सुकुम्बासी परिवार घरबारविहीन हुने छैनन् । विजयनगरमा रहेका सुकुम्बासीलाई लालपुर्जाको व्यवस्थापन गर्ने कार्यलाई निरन्तरता दिइने छ । सुकुम्बासी बस्तीमा सडक, विद्युत, खानेपानी पु¥याउने कार्यलाई तिव्रता दिने योजना छ । नदी कटान क्षेत्रको पहिचान गरी त्यसलाई ठोस योजना बनाएर अघि बढ्ने , कटानमुक्त हुनका लागि खोलाहरूमा तटबन्ध र त्यस छेउका बस्तीको व्यवस्थापन गरिने छ ।
संघीय तथा प्रदेश सरकारसँगको समन्वय र अनुदानहरू, दातृ निकायसँगको सहकार्य र आन्तरिक स्रोतहरूको पहिचान र करकानयाँ क्षेत्रहरु खोजी गरी स्रोतको व्यवस्थापन गरिनेछ । विजयनगर गाउँपालिकामा हुने निर्वाचनमा उप प्रमुखमा लक्ष्मी चौधरी समेत पुन ः उम्मेदवार बन्नुभएको छ । पालिकामा राम्रो काम गरेकोले फेरि पनि जित सुनिश्चित रहने आकलन स्थानीयले गरेका छन् ।