Connect with us
Kapilvast Forest

बुटवल पुगेर अध्यक्ष ओलीले भन्नुभयो : गृहमन्त्रीको जिल्ला हो भनेर धाक नलगाए हुन्छ

२०७९, २६ बैशाख सोमबारमा प्रकाशित

 

बुटवल – नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली ५ दलीय छोडेर सबै दल एकातिर भएपनि नेकपा एमालेको विजय यात्रालाई कसैले रोक्न नसक्ने बताउनु भएको छ ।

बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो ‘अहिलेको गठबन्धनले नेपाली जनतालाई झुक्काउन सक्दैन, १ शेर एकातिर १० वटा स्याल एकातिर । जस्तोसुकै गठबन्धनका लागि एकै दल काफी छ एमालेलाई, यो जनताको पार्टी हो जनताले जिताउने हो कुनै गठबन्धनले होइन ।’

कसैलाई पद चाहिएर गठबन्धन गर्दैमा जनताले नमान्ने उहाँले बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो ‘५ दिनपछि चुनाव हुँदैछ, केही दिनमा नतिजा आउँदैछ । यसअघि पनि यो क्षेत्र एमालेको लालकिल्ला हो । यसका लागि तपाईहरुलाई धन्यवाद छ । अब त्यो किल्ला जोगाउनका लागि प्रतिवद्ध भएर लाग्नुहोस ।’

अध्यक्ष ओलीले निर्वाचन स्वतन्त्र र धाँधली रहित बनाउन सबै चनाखो बन्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘यहाँ कसैले गृहमन्त्रीको जिल्ला हो भनेर धाक नलगाए हुन्छ, सबै राष्ट्रसेवकले यसमा ध्यान दिनुपर्नेछ । यो जिल्ला गृहमन्त्रीको मात्रै होइन तपाइ सबैको हो । ’

नेकपा एमालेले लिएको नीति, विकासको नेतृत्व, राष्ट्रिय एकताको नेतृत्व नै एमालेको जितका आधार भएको उहाँले चर्चा गर्नुभयो ।उहाँले बर्तमान सरकार जनताबाट जितेर होइन, अदालतबाट आदेश लिएर आएको चर्चा गर्नुभयो । अध्यक्ष ओली भन्नुभयो ‘देउवा आफैले प्रधानमन्त्री हुन मन थिएन भनेर धेरै ठाउँमा भन्नुभएकै छ, । मन नभइ अदालत किन जानु भयो ? उहाँहरुको सत्ता स्वार्थ, नातागोता सेटिंग पहिलो हो तर एमालेलाई जनताको समृद्धि पहिलो हो ।’
गठबन्धनका नेताहरुले चितवनका जनतालाई धम्क्याएको उल्लेख गर्दै अध्यक्ष ओेलीले प्रश्न गर्नुभयो ‘जनतालाई खुलेयाम धम्काउँदा निर्वाचन आयोगले के गरेर बसेको छ ? यस्तो पनि हुन्छ ? गठबन्धनलाई जनताले चिन्दैनन्, त्यो लोभीपापीको बन्धन जहाँ गए जान्छ । तपाईले आफ्नो जिम्मेवारी पूरा गर्नुछ । एमालेलाई पूर्ण बहुमत दिलाउनुस् । आयोगले अरुको झण्डा बोक्न पाइदैन भनेको छ । देउवा, आरजु, प्रचण्ड, माधव नेपालले कसको झण्डा बोकेका छन् ? कहिले आउने हो यसको जवाफ ?

अध्यक्ष ओलीले रुपन्देही विकासको नमुना भएको पनि चर्चा गर्नुभयो ।एमाले उपाध्यक्ष बिष्णु पौडेल लगायतका शीर्ष नेताहरुको सहभागिता रहेको कार्यक्रममा स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री घनश्याम भुसालले नेपाली कांग्रेस एजेण्डा हराएको पार्टी भएको बताउनुभयो ।
नेताले भुसालले नेपालमा समाजवाद ल्याउन, विकास र समृद्धिका लागि एमालेको पूर्ण बहुमत आवश्यक रहेको चर्चा गर्नुभयो ।
उहाँले भन्नुभयो ‘नेपालको समृद्धिका लागि एमालेको नेतृत्व अपरिहार्य छ, अहिले एमालेविरुद्ध सबै शक्तिले मुठ्ठि कँसेका छन्, त्यहीका कारणले पनि एमालेका आस्थावानहरु एकजुट हुनुको विकल्प छैन ।’
कार्यक्रममा एमालेका बिभिन्न उम्मेदवार र पार्टीका बिभिन्न नेताहरुले बोल्नुभएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu