Connect with us
Kapilvast Forest

दाङमा सत्ता गठबन्धन : द्वन्द्वकालमा फाटेको सम्बन्ध सुधार्न समस्या

२०७९, २६ बैशाख सोमबारमा प्रकाशित

दाङ -दाङमा सत्ता गठबन्धनका दलहरुबीच दुई उपमहानगरपालिका र एक गाउँपालिका बाहेक अन्यमा चुनावी तालेमल हुन सकेन । अन्तिमसम्म पनि दलहरुबीच सहमती जुटाउने प्रयास भए पनि सफल नभएपछि धेरैजसो पालिकामा गठबन्धनका दलहरु एक्लाएक्लै चुनावी मैदानमा होमिएका छन् ।

घोराही र तुलसीपुर उपमहानगरमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच तालमेल भएको छ भने लुम्बिनी प्रदेशको राजधानी रहने राप्ती गाउँपालिकामा माओवादी र राष्ट्रिय जनमोर्चाबीच तालमेल छ । घोराही र तुलसीपुरमा केन्द्रबाट गठबन्धन भए पनि वडा र टोल तहसम्म त्यसको बलियो प्रभाव पर्न सकेको छैन । त्यसैले पनि गठबन्धनभित्रकै दलहरु एकअर्काप्रति पूरा मत आउँछ भनेर विश्वस्त हुन सकिरहेका छैनन् । उनीहरुमा अन्तरघात हुने डर छ ।

 

विगतमा घोराही र तुलसीपुर क्षेत्रमा कांग्रेस बलियो हुँदा हुँदै पनि अन्तरघातले हार व्यहोर्नु परेको स्वयं कांग्रेस नेताहरु बताउँछन् । ‘यसपटकको चुनावमा पनि अन्तरघात हुन सक्ने सम्भावनालाई नकार्न सकिंदैन,’ कांग्रेसका एक नेताले भने ।

घोराहीमा प्रमुख पद पाएको माओवादी केन्द्रलाई जितका लागि कांग्रेसकै भर छ । तर कांग्रेसबाट पूरा मत आउँछ भन्नेमा माओवादी नेताहरु विश्वस्त हुन सकिरहेका छैनन् । यद्यपि गठबन्धनका नेताहरु भने कार्यकर्ता फकाउन सँगसँगै प्रशिक्षणमा र चुनावी सभामा दौडधुप गरिरहेका छन् । गठबन्धनका दलहरु चुनावमा एक्लो उभिएको एमालेलाई हराउँदै जसरी पनि चुनाव जित्ने दाउँमा छन्

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu