Connect with us
Kapilvast Forest

प्रचण्ड र आरजुको अभिव्यक्तिमा कांग्रेसको प्रष्टीकरण

२०७९, २६ बैशाख सोमबारमा प्रकाशित

काठमाडौं-नेपाली कांग्रेसले केन्द्रीय सदस्य डा. आरजु राणा र माओवादी अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्तिमा स्पष्टीकरण दिएको छ ।पार्टीले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा. प्रकाशशरण महतले आरजुको अभिव्यक्तिमा प्रष्टीकरण दिँदै भने, ‘कांग्रेसले जित्यो भने बजेट सुनिश्चित हुन्छ भन्नुभएको हो । तपाईंहरुको विकास सुनिश्चित गर्नुभएको होला । अहिले बोलेको अलिकति टिपेर हाल्ने प्रचलन छ ।’

 

दोस्रो दर्जाको सरकार जसरी कांग्रेसले जितेको ठाउँमा बजेट विनियोजन गर्ने काम पूर्व सरकारले गरेको आरोप लगाउँदै उनले कांग्रेसले भेदभाव नगर्ने बताए ।प्रधानमन्त्री पत्नी आरजुले डडेलधुरामा आयोजित एक कार्यक्रममा आफ्नो पार्टीले नजितेको ठाउँमा बजेट पठाउँदैनौं भनेको भिडियो भाइरल भएको थियो ।

प्रचण्डको पनि बचाउ- 

कांग्रेस प्रवक्ता महतले चितवनको भरतपुरमा सत्ता गठबन्धनले गरेको संयुक्त चुनावी सभामा बोल्ने क्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले दिएको अभिव्यक्तिको पनि बचाउ गरे ।

सभामा प्रचण्डले धम्की नदिएको उनले बताए । गठबन्धन टुटेर एमालेकै सरकार आएमा अवस्था खराब हुने आशयमा प्रचण्डले विचार व्यक्त गरेको महतले बताए । ‘ओलीको सरकार आएर खराब हुन्छ भन्न त मिल्छ नि । त्यो सोच्नुस् भन्नुभएको हो ।’भरतपुरको सभालाई सम्बोधन गर्दै प्रचण्डले गठबन्धनलाई मत नदिए देश दुर्घटनामा पर्ने बताएका थिए ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu