Connect with us
Kapilvast Forest

विप्लवजीहरु संसदवादमा गइसक्नुभयो : बास्तोला

२०७९, २६ बैशाख सोमबारमा प्रकाशित

 

 

काठमाडौं – नवगठित नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोलाले नेक्रविक्रम चन्द ‘विप्लव’ संसदवादमा गएको आरोप लगाएका छन् । सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले जनताले पनि विप्लवको पार्टीलाई संसदबादी भनेर बुझ्ने टिप्पणी गरे।

‘उहाँहरु ३० गते पछि फर्किन्छौं, चुनावमा जाँदैनौं भन्नुहुन्छ,’ उनको भनाइ छ, ‘तर, महासचिव र प्रवक्ताले पार्टीको नीतिलाई उल्लघंन गरेर चुनावपरस्त भएर जानुभएको छ। त्यो सजिलै साफ हुने कुरा छैन । र, जनताले बुझ्दा उहाँहरुलाई संसदवादी पार्टी भनेर बुझ्छन् । र, नीतिगत हिसाबले उहाँहरु संसदवादमा गइसक्नुभएको छ।’

 

विप्लवहरुले अघि सारेको एकीकृत जनक्रान्ति सारसंग्रहवादी भएको आरोपसमेत उनको छ । ‘उहाँहरुले एकीकृत जनक्रान्ति भन्नुभएको छ, जसलाई हामीले यो सार संग्रहवादी भनेका छौं,’ उनको भनाइ छ, ‘हाम्रो कार्यदिशा भनेको वैज्ञानिक समाजवादी हो ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu