Connect with us
Kapilvast Forest

बागी उठेर पार्टी हार्‍याे भने कुनै पनि हालतमा माफी गरिने छैन : देउवा

२०७९, २६ बैशाख सोमबारमा प्रकाशित

कैलाली – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बागी उम्मेदवारलाई कुनै पनि हालतमा माफी नदिने चेतावनी दिनुभएकाे छ । आज साेमवार कैलालीको धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले बागीलाई कारबाही गर्ने चेतावनी दिनुभएकाे हाे ।

‘स्थानीय सरकार पनि जित्न जरुरी छ। बागीले उम्मेदवारी फिर्ता लिनुपर्छ’, देउवाले भन्नुभयाे, ‘अहिले भन्न चाहन्छु । बागी उम्मेदवारलाई कुनै पनि हालतमा सहिने छैन । बागी उठ्दा हामीले पहिले पनि हारेकै हो । अहिले पनि बागी उठेर पार्टी हार्‍याे भने कुनै पनि हालतमा माफी गरिने छैन ।’

सम्बाेधनकै क्रममा देउवाले पालिका चुनावमा एमालेलाई जिताए स्थानीय तह नै भङ्ग हुन सक्ने बताउनुभयाे । ‘संसद् विघटन गर्ने एमालेले जिते, उसले स्थानीय तह नै विघटन गर्नसक्छ’, उहाँले भन्नुभयाे, ‘संसद् विघटन गर्ने, चल्न नदिने एमालेलाई जिताउनु भनेको स्थानीय तह, प्रदेश र संसद् नै विघटन गर्न सक्छ ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu