शिवगढी क्षेत्र पर्यटन क्षेत्र बनाउँछौं:मेयर पदका उम्मेदवार महादेव पोख्रेल
अर्जुन बेल्बासे,कपिलवस्तु- मेयर पदका उम्मेदवार महादेव पोख्रेलले एतिहासिक किल्लाको रुपमा रहेको शिवराज नगरपालिका वडा न ९को शिवगढी क्षेत्रलाई पर्यटन क्षेत्रको रुपमा विकास गर्ने बताउनु भयो ।
३० गते हुने निर्वाचलाई लक्ष्ति घरदैलोको क्रममा शिवगढी पुग्नु भएका महादेव पोख्रेललेआफु जनप्रतिनिधिको रुपमा निर्वाचित भएमा शिवगढी क्षेत्रलाई पर्यटकिय स्थलको रुपमा विकाश गरेर बाहृरै महिना आन्तरीक तथा बाह पर्यटक भित्राउने गरी उक्त क्षेत्रलाई विकास गर्ने बताउनु भयो ।
पर्यटकिय क्षेत्रको हिसावले अब्ल रहेको शिवगढीलाई संरक्षण र पहिचान गर्दै पर्यटन प्रवर्धन गर्दै सोहि ठाउँमै रोजगारको सृजना हुने बतावरण निर्माण गर्ने बताउनु भयो ।
साथै हरेक राजकुलालाई ब्यवस्थि गरेर कृषकको खेत खेतमा सिंचाईको ब्यबस्थापन गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो । उहाँले एमाले उम्मेदवारले कुरा भन्दा पनि काममा विश्वास गर्ने बताउँदै शिवराज ९ का टोल टोलका समस्या बुझेर विकास र निकास दिने भयो ।
त्यस्तै कार्यक्रममा एमालेको तर्फबाट उप मेयर पदको उम्मेदवार शिवकुमारी थारुले शिवराजमा ११ वटै वडामा एमालेका उम्मेदवारले जित्ने दावि गर्नु भयो ।
५ वर्षको समयमा शिक्षा ,स्वास्थ्य ,कृषि ,नगरपालिका ऐतिहासिक, सांस्कृतिक सम्पदालाई संरक्षण, संवर्द्धन र पर्यटनसँग जोड्ने काम नै एमाले उम्मेदवारले जित्ने आधार रहेको बताउनु भयो । नेकपा एमाले विकासको नगरवासिको मर्म बुझने खालका विकासको एजेण्डा लिएर जनताको बीचमा गइरहेका छौं त्यो हाम्रो जितको आधा र हो उहाँले भन्नु भयो ।
अध्यक्ष पदका उम्मेदवार असोक मल्लले माओवादि जनप्रतिनिले ५ वर्ष नेत्रित्व गरेको वडामा वडावासिहरु असन्तुष्ट रहेको बताउदै एमालेको जित निश्चित रहेको बताउनु भयो ।
पछिल्लो अवस्थामा एमाले प्रति जनलहर र जन समर्थन ब्यापक देखिएकाले जित सुनिश्चित रहेको बताउदै आफु वडामा निर्वाचितपछि वडासिहरुलाई नै सोधेर वडा भित्र रहेक पक्षको विकासको लागि जुटने बताउन भयो । उहाँले ऐतिहासिक किल्लाको शिवगढी क्षेत्रलाई पर्यटकिय र सांस्कृतिक,क्षेत्रको रुपमा विकास गर्ने बताउनु भयो ।
