काठमाडौँ महानगरपालिकामा माओवादीबाट उम्मेदवार बनेका ३ जना वडाध्यक्ष एमाले प्रवेश
काठमाडौँ- नेकपा माओवादी केन्द्रका तर्फबाट काठमाडौँ महानगरपालिकामा उम्मेदवार बनेका वडाध्यक्ष एकपछि अर्को गर्दै नेकपा (एमाले)मा प्रवेश गरेका छन् । केही दिन अघि मात्रै वडा–१३ र १५ वाट उम्मेदवार बनेका वडाध्यक्ष टीमसहित एमाले प्रवेश गरेका थिए ।
आज फेरि माओवादी केन्द्रवाटै वडा–२४ का वडाध्यक्ष पदका उम्मेदवार बन्नुभएका राजेन्द्र श्रेष्ठ नेकपा (एमाले) प्रवेश गर्नुभएको छ । उहाँसहित माओवादी परित्याग गरी एमाले प्रवेश गर्ने २४ जनालाई नेकपा (एमाले) काठमाडौँ जिल्लाका सचिव राजेश शाक्यले टिका लगाएर एमाले प्रवेश गाराउनु भएको हो ।