Connect with us
Kapilvast Forest

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सीता जयन्तीको शुभकामना

२०७९, २७ बैशाख मंगलवारमा प्रकाशित

bidya-bhandari-29.jpg

 

 

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय विभूति सीताको उत्पत्ति दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । सनातन संस्कृतिमा नारी शक्तिको महत्त्व दर्शाउने पर्वका रूपमा सीता जयन्तीलाई सबैले ग्रहण गर्नुपर्ने राष्ट्रपति भण्डारीले सोमबार दिनुभएको शुभकामना सन्देशमा उल्लेख छ ।

प्राचीन मिथिलाको केन्द्र मानिएको जनकपुरसहित देशभरिका राम–जानकी मन्दिरहरूमा प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन विशेष पूजाअर्चनासहित सीता उत्पत्ति दिवस अर्थात् सीता जयन्ती मनाइने गरिन्छ । त्रेतायुगमा मिथिलाका राजा जनकले यज्ञको अनुष्ठान गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको वर्णन वाल्मीकि रामायण र पुराणहरूमा गरिएको छ ।

शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले भन्नुभएको छ, “सीता जयन्तीको यस पावन दिवसले लैङ्गिक असमानतालगायत सबै प्रकारका सामाजिक र सांस्कृतिक विभेद अन्त्य गर्दै प्रगतिशील, सभ्य र सुसंस्कृत समाज निर्माणका लागि हामी सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दछु ।”

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu