Connect with us
Kapilvast Forest

अहिलेको निर्वाचन ०७४ को भन्दा सस्तो हुने आयोगको अनुमान

२०७९, २६ बैशाख सोमबारमा प्रकाशित

काठमाडौं – निर्वाचन आयोगले २०७४ सालको भन्दा यस वर्ष हुने स्थानीय तहको चुनाव कम खर्चिलो हुने बताएको छ ।निर्वाचन सम्पन्न भएपछि प्रति मतदाता भएको खर्च समेत आउन सक्ने उल्लेख गर्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, ‘अहिले नै भन्दा यति भन्न सकिन्छ ०७४ को भन्दा अहिलेको चुनाव सस्तो हुनेछ ।’

 

आयोगले गरेको नियमित पत्रकार सम्मेलनमा पत्रकारहरुले चुनाव खर्चको विषयमा प्रश्न उठाएका थिए । जवाफमा उनले ०७४ को भन्दा सस्तो हुने आयोगको आंकलन रहेको बताएका हुन् ।०७४ मा स्थानीय तहको चुनाव तीन चरणमा भएको थियो । यो पटक यही ३० गते देशभर एकै पटक स्थानीय चुनाव हुँदैछ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu