Connect with us
Kapilvast Forest

एमालेका पक्षमा देशैभर लहर : वरिष्ठ उपाध्यक्ष पोखरेल

२०७९, २७ बैशाख मंगलवारमा प्रकाशित

 

काठमाडौं- नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तहको निर्वाचनमा एमालेले देशभर ६० प्रतिशत भन्दा बढी पालिकामा जित हासिल गर्ने बताउनु भएकाे छ ।

काठमाडौंको टोखामा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले देशभरको लहर हेर्दा ६० प्रतिशत भन्दा बढी स्थानमा जित्ने बताउनुभयाे । अहिले देशभर एमालेको लहर चलेको बताउँदै उहाँले एमालेलाई विजयी गराउन सबैमा अनुरोध पनि गर्नुभयाे।

स्थानीय निकाय निर्वाचनमा काठमाडौं उपत्यकाको कमाण्ड सम्माहालिरहनुभएका पोखरेलले परमादेशी गठबन्धन एमालेलाई हराउन लागे पनि एमालेमा भने देशैभर लहर छाएको बताउनुभयाे ।

पाँचदलीय गठबन्धन राजनीतिक स्थायीत्वको विरुद्धमा तथा राष्ट्रिय स्वाधिनता र स्वतन्त्रताको विरुद्धमा रहेको पोखरेलको भनाइ छ । आफ्नो उम्मेदवार नजित्ने क्षेत्रमा बजेट नदिने प्रधानमन्त्री पत्नी आरजु देउवाको अभिव्यक्तिप्रति बिमति जनाउँदै पोखरेलले सरकारी बजेट कसैको व्यक्तिको घरको सम्पत्ति नभएको बताउनुभयाे । सरकारी ‘बजेट तिनको घरको सम्पत्ति होइन्, विकास निमार्णका लागि बजेट पाउने सबैको अधिकार छ’- उहाँले भन्नुभयाे ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले टोखा नगरपालिकामा एमालेले ५ बर्षमा राम्रो काम गरेको उल्लेख गर्दै अत्याधिक मत दिएर एमालेका सबै उम्मेदवारलाई जिताउन आग्रह पनि गर्नुभयाे ।

चुनावी सभामा टोखा नगरपालिकाका एमालेका मेयर पदका उम्मेदवार प्रकाश अधिकारी, उपमेयरकी उम्मेदवार ज्ञानमाया डंगोलले आफूहरुले अघि सारेका विकास निर्माण, सामाजिक विकास तथा समृद्ध टोखा निर्माण अभियानलाई निरन्तरता दिन उम्मेदवार बनेको बताउँदै अत्याधिक मतका साथ विजयी गराउने टोखा नगरबासीलाई अनुरोध गर्नुभयाे ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu