पेट्रोल र डिजेलमा प्रतिलिटर १०-१० रूपैयाँ मूल्य बढ्यो
२०७९, ३१ बैशाख शनिबारमा प्रकाशित
काठमाडौं-सरकारले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रूपैयाँ बढाएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसँगै प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएको भन्दै नेपाल आयल निगमले एकैपटक पेट्रोल र डिजेलको मूल्य १०–१० रूपैयाँ मूल्य बढाएको हो।