Connect with us
Kapilvast Forest

ओलीको गृहनगर दमक-१मा एमालेको जित

२०७९, १ जेष्ठ आईतवारमा प्रकाशित

 

झापा — नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक वडा नम्बर १ मा एमालेको प्यानल नै विजयी भएको छ । एमालेका वडा अध्यक्ष उम्मेदवार हरि नेउपानेको प्यानल नै विजयी भएको हो ।

मत परिणाम अनुसार अध्यक्षमा नेउपानेले १ हजार २ सय ८८ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी गठबन्धनका तारा अधिकारीले १ हजार २ सय ६३ मत ल्याएका थिए । यसैगरी महिला सदस्यमा तारा खपतरी र दलित महिला सदस्यमा नविना मोहोराले क्रमशः १ हजार ३ सय १६ र १ हजार ३ सय ९ मत ल्याएका छन् ।

खुला सदस्यमा रघुवीर बुढाथोकी र राजकर्ण राईले क्रमशः १ हजार २ सय ६६ र १ हजार २ सय २९ मत ल्याएर निर्वाचित भएका छन्।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj