Connect with us
Kapilvast Forest

प्रधानमन्त्रीको वडामै हार्‍यो कांग्रेस

२०७९, १ जेष्ठ आईतवारमा प्रकाशित

 

डडेलधुरा — ‘कांग्रेसले हारे बजेट आउँदैन’ एक साताअघि प्रधानमन्त्री पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवाले डडेलधुरामा चुनावी सभालाई सम्बोधन गर्दै भनेकी थिइन्, ‘करुवा, हरूवालाई भोट नहाल्नुहोला ।’ प्रधानमन्त्री पत्नीको अराजनीतिक भाषणको एक सातापछि उनले भनेभन्दा फरक स्थिति देखियो । प्रधानमन्त्री देउवाका वडावासीले कांग्रेसलाई नै चुनाव हराएर आरजुको आह्वानलाई चुनौती दिए ।

 

 

कांग्रेस उम्मेदवार चन्द्रबहादुर देउवालाई १ सय २९ मतले पराजित गर्दै प्रधानमन्त्रीको वडामा कांग्रेसबाट विद्रोह गरेर बीपी कांग्रेसको चुनाव चिह्न करुवाबाट चुनाव लडेका नरेश भण्डारी निर्वाचित भए । भण्डारीले ६ सय ७३ मत ल्याए भने पराजित कांग्रेसका देउवाले ५ सय ४४ मत पाएका छन् । ‘हामीले देउवा दम्पतीको दम्भलाई तोडेका छौं,’ बीपी कांग्रेसका जिल्ला अध्यक्ष तिलक हमालले भने, ‘अति सर्वत्र बर्जयेत भन्ने नीति–बचन सार्थक भएको छ ।’

 

कांग्रेसका स्थानीय नेता रमेश रावल भने बीपी कांग्रेसको दाबीलाई पत्याउँदैनन् । उनले दाबी सुनाए, ‘एमाले, समाजवादी, बीपी कांग्रेस सबैको टार्गेट यो वडा थियो । साम, दाम सबै प्रयोग भएपछि कांग्रेस पराजित भएको हो ।’ रावलले भन्न नचाहे पनि टिकट वितरणमा भएको असन्तुष्टि र खोला वारि/पारिको भौगोलिक कारणले पनि कांग्रेस पराजित भएको देखिन्छ । कांग्रेसबाट उम्मेदवार भएका देउवा वैशाख ८ सम्म स्थानीय माविका शिक्षक थिए । ९ गते उनले राजनीमा दिए । ११ गते कांग्रेसले टिकट दियो । ‘जबर्जस्ती टिकट थोपर्ने काम भएकाले चुनावमा हार भएको हो,’ एक स्थानीय कांग्रेस कार्यकर्ताले टिप्पणी गरे ।

कांग्रेसबाट निष्कासित कांग्रेसका पूर्वजिल्ला सभापति कर्ण मल्ल र विपक्षी पार्टीले पूरा शक्ति यो वडामा लगाउनु पनि चुनाव हार्नुको अर्को कारण हो । यो वडामा यसअघिका तीनवटै स्थानीय निर्वाचनमा कांग्रेसले चुनाव जितेको थियो । विजेत भण्डारी पनि स्थानीय कांग्रेसकै नेता हुन् । यसअघि उनका काका परमानन्द भण्डारीले कांग्रेसबाट वडामा चुनाव जितेका थिए । डडेलधुरा कांग्रेसमा विभाजन भएपछि उनी कर्ण मल्ल समूहमा लागेका थिए ।

कसरी बन्यो बीपी कांग्रेस ?

 

२२ वर्षसम्म प्रधानमन्त्री देउवाका विश्वास पात्र रहेका कांग्रेस डडेलधुराका पूर्वसभापति कर्ण मल्ल र देउवाबीच दूरी बढ्दै गएपछि स्थानीय निर्वाचन घोषणा भएपछि मात्र डडेलधुरामा बीपी कांग्रेस स्थापना भएको हो । कांग्रेसको पछिल्लो जिल्ला अधिवेशनदेखि देउवासँग दूरी बढ्दै गएको असन्तुष्ट पक्षका नेता मल्लले आफू निकटका एक कार्यकर्ता तिलक हमाललाई बीपी कांग्रेसको अध्यक्ष बनाएका थिए । त्यसअघि डडेलधुरामा बीपी कांग्रेसको नाम पनि कसैलै सुनेको थिएन । अन्तिमसम्म पनि देउवाले मल्लका कुरा नसुनेपछि उनले एमालेसँग तालमेल गरेर बीपी कांग्रेसका नाममा आफूसँग विद्रोह गरेको नेता–कार्यकर्तालाई चुनाव लडाएका हुन् । अहिलेसम्म बीपी कांग्रेसको जिल्ला अध्यक्ष र केही सदस्यबाहेक जिल्ला कमिटी पनि पूर्ण हुन सकेको छैन । चुनावी प्रयोजनका लागि मात्र बीपी कांग्रेस प्रयोग भएको देखिएको छ ।

बीपी कांग्रेसका नाममा चुनावमा एमालेसँग तालमेल गरेपछि पनि कर्ण मल्ल भने आफूलाई कांग्रेसको जिल्ला सभापतिकै रूपमा कार्यक्रम गराइरहेका थिए । मल्लको सहयोगमा विद्रोही उम्मेदवारको घोषणा भएपछि कांग्रेसले मल्ललाई कारबाही गरेको थियो । उनले कांग्रेसको गत अधिवेशनबाट निर्वाचित नेतृत्वलाई कार्यालय, कागजपत्रदेखि निवर्तमान सभापतिको हैसियतले बुझबुझारथ समेत गरेका छैनन् । कांग्रेसको जिल्ला पार्टी कार्यालय, भौतिक सम्पत्ति आर्थिक विवरणसमेत मल्लले बुझाएका छैनन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu