Connect with us
Kapilvast Forest

पाल्पाको रामपुर नगरपालिकमा कांग्रेसका थापा निर्वाचित

२०७९, ३ जेष्ठ मंगलवारमा प्रकाशित

पाल्पा – पाल्पाको रामपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार रमणबहादुर थापा निर्वाचित भएका छन् । १० हजार ४५६ मत प्राप्त गर्दै उनी मेयरमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्दी नेकपा एमालेका शिव अर्यालले १० हजार ८३ मत प्राप्त गरे ।

यस्तै उपमेयरमा पनि कांग्रेसकै उम्मेदवार निर्वाचित भएका छन् । १० हजार ३०७ मत ल्याएर बालकुमारी थापा उपमेयरमा निर्वाचित भइन् । उनकी प्रतिद्वन्दी एमालेकी दुर्गादेवी रानाले १० हजार २५० मत ल्याएकी छन् ।

 

मेयरमा निर्वाचित थापा २०७४ को स्थानीय तह निर्वाचनमा पनि मेयरमा निर्वाचित भएका थिए ।

१० वटा वडा रहेको रामपुरमा ७ वटा वडामा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् भने ३ वटा वडामा एमालेका उम्मेदवार निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय रामपुरले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu