Connect with us
Kapilvast Forest

ओलीको गृहनगरमा एमाले उम्मेदवार १५ मतले पछाडि

२०७९, ४ जेष्ठ बुधबारमा प्रकाशित

झापा – पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकामा एमाले उम्मेदवार गीता अधिकारी पौडेलले मतान्तर घटाउँदै लगेकी छन् ।

प्राप्त पछिल्लो परिणाम अनुसार उनी राप्रपा उम्मेदवार रामकुमार थापाभन्दा १५ मतले मात्रै पछाडि छन् । ओलीको गृहनगरमा एमाले उम्मेदवारविरुद्ध सत्ता गठबन्धनले राप्रपा उम्मेदवार थापालाई समर्थन गर्ने निर्णय गरेको थियो ।

 

पछिल्लो समय सार्वजनिक परिणाममा थापाले १० हजार ६४ मत ल्याएका छन् भने अधिकारीले १० हजार ४९ मत ल्याएका छन् । उपमेयरतर्फ एमाले उम्मेदवार अम्बिकाप्रसाद खनाल अगाडि छन् । उनले ९ हजार ८७४ मत ल्याउँदा सत्ता गठबन्धनकी रेगिना भट्टराईले ९ हजार ७२७ मत ल्याएकी छन् ।दमकमा उपमेयरमा राप्रपाले सत्ता गठबन्धनलाई सघाएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu