Connect with us
Kapilvast Forest

चीनका लागि प्रस्तावित राजदूतको नाम संसदीय समितिबाट अनुमोदन

२०७९, ३ जेष्ठ मंगलवारमा प्रकाशित

 

काठमाडौं- संसदीय सुनुवाई समितिले चीनका लागि प्रस्तावित राजदूत विष्णुपुकार श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत दानबहादुर तामाङको नाम अनुमोदन गरेको छ।

सिंहदरबारमा मंगलबार बसेको समितिको बैठकले मन्त्रिपरिषदले सिफारिश गरेका चीनका लागि प्रस्तावित राजदूत श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत तामाङको नाम अनुमोदन गरेको हो। प्रस्तावित दुवै राजदूतको उजुरी नपरेको र उपयुक्त लागेकाले समितिले सर्वसम्मतिले अनुमोदन गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।

समितिको बैठकमा डेनमार्कका लागि प्रस्तावित राजदूत रामसुरज राय यादवमाथि परेको उजुरीका सम्बन्धमा छानबिन गर्न समितिका सदस्य जितेन्द्र देव संयोजक तथा निरुदेवी पाल र शिवकुमार मण्डल सदस्य रहेको कार्यदल गठन गरिएको छ। कार्यदलले २ दिनभित्र सो सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेश गर्ने र त्यसैको आधारमा प्रस्तावित राजदूत रायको पनि सुनुवाई गर्ने समितिका सभापति कर्णले बताए।

समितिले श्रीलंकाका लागि प्रस्तावित राजदूत बासुदेव मिश्रको पनि उजुरी परेकाले आज सुनुवाई गर्न नसकिएको स्पष्ट पारेको छ। समितिको अर्को बैठक बुधबार (भोलि) बिहान साढे ८ बजे बोलाइएको छ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu