Connect with us
Kapilvast Forest

रुपन्देहीको सुद्धोधनमा काँग्रेसका बस्याल र उपाध्यक्षमा एमालेकी ज्ञवाली विजयी

२०७९, ४ जेष्ठ बुधबारमा प्रकाशित

 रुपन्देही- रुपन्देहीको सुद्धोधन गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार विष्णुप्रसाद बस्याल विजयी हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा एमालेकी शान्तादेवी ज्ञवाली विजयी हुनुभएको छ । १६ स्थानीय तह रहेको रुपन्देहीमा मतगणना सकिएको यो दोस्रो पालिका हो । यस अगाडी कञ्चनमा परिणाम घोषणा भईसकेको छ ।

गाउँपालिकाको अध्यक्षमा निर्वाचित बस्यालले ७ हजार ९८३ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्दी एमालेका किशुनचन्द्र चौधरीले ६ हजार २७० मत प्राप्त गर्नुभयो ।

त्यस्तै उपाध्यक्षमा निर्वाचित ज्ञवालीले ६ हजार ६८२ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी गठबन्धनबाट माओवादी उम्मेदवार शारदा भुसालले ३ हजार २५५ मत प्राप्त गर्नुभएको छ । २०७४ को स्थानीय निर्वाचनमा यो पालिका एमालेले जितेको थियो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu