Connect with us
Kapilvast Forest

फेटामा विवेकशील साझाका रुस्तमको जित पक्का

२०७९, ५ जेष्ठ बिहीबारमा प्रकाशित

पर्सा- फेटा गाउँपालिका, बाराको अध्यक्ष विवेकशील साझा पार्टीका रुस्तम अन्सारीको जित सुनिश्चित भएको छ ।

निर्वाचन अधिकृत एवं उपसचिव गोपीकृष्ण रेग्मीका अनुसार फेटामा १३ हजार ४८६ मत खसेको थियो । अहिले ४ नम्बर वडाको मत गणना चलिरहेको छ र कुल मतमा ७८६ मत मात्र गन्न बाँकी छ ।

 

गाउँपालिकाका अध्यक्षका उम्मेदवार अन्सारीले भने २०६० मतको अग्रता लिइसकेका छन् । उनले ४ हजार ५९ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका अमिरीलाल प्रसादले १९९९ र तेस्रो स्थानमा रहेका लोकतान्त्रिक समाजवादी पार्टी मदनप्रसाद साह कानूले १६९७ मत पाएका छन् ।

उपप्रमुखमा पनि निलम साहले अग्रता लिएकी छन् । विवेकशील साझाका उनी ३२२९ मत पाएकी छन् भने दोस्रो स्थानमा रहेकी नेकपा एमालेकी कमरुन खातुनले १९९० मत पाएकी छन् ।

फेटा गाउँपालिकाको वडा नम्बर ३ को अध्यक्षमा साझा विवेकशील साझा पार्टीका प्रह्लाद प्रसाद साह तेली विजयी भएका छन् । यो वडामा विवेकशील साझा पार्टीका दुई जना सदस्य पनि विजयी भएका छन् ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu