Connect with us
Kapilvast Forest

स्थानीय चुनावमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई सरकारले दियो धन्यवाद

२०७९, ६ जेष्ठ शुक्रबारमा प्रकाशित

काठमाडौं-सरकारले स्थानीय तह सदस्य निर्वाचनमा खटिएका सम्पूर्ण सुरक्षाकर्मी र कर्मचारीहरुलाई धन्यवाद दिएको छ । वैशाख ३० गते देशभर एकैचोटि भएको स्थानीय तह निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीहरुको सहयोग अतुलनीय भएको भन्दै सरकारले धन्यवाद दिएको हो ।

बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सुरक्षा समितिको बैठकमा सरकारको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले निर्वाचनमा खटिएका सम्पूर्ण सुरक्षाकर्मी र कर्मचारीहरुलाई धन्यवाद दिएको गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

 

बैठकमा गृहमन्त्री खाँणले निर्वाचनको महत्वलाई बुझेर जनतालाई सहज ढंगले मतदान केन्द्रमा सुरक्षा दिनु चुनौतीपूर्ण रहेको बताए । निर्वाचनको दिन मतपत्र र मतपेटिकाको सुरक्षा दिने विषय झनै चुनौतीपूर्ण रहेकाले यसमा सहजता दिन सहयोग पुर्‍याउने सबै निकाय र पक्षहरुलाई धन्यवाद दिनु भएको पोखरेलले बताए ।

बैठकमा गृहमन्त्री खाँणले निर्वाचनका क्रममा घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरे भने मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली दिए ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu