बलात्कार मुद्धामा हदम्यादका कारण बलात्कारीले उन्मुक्ति नपाउन : प्रदिप पौडेल
काठमाडौं- नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं नेता प्रदिप पौडेलले बलात्कार मुद्दामा उजुरीको हदम्याद तोकिने ब्यबस्था हटाउन माग गर्नुभएको छ ।सामाजिक सञ्जाल ट्वीटर मार्फत नेता पौडेलले बलात्कारका पुराना घटनाको उजुरी नलिदा पीडितले हरेश खाने तथा अपराधीलेले सहजै उन्मुक्ति पाउने अवस्था आउननहुनेमा जोड दिनुभएको छ ।उहाँले ट्वीटमा बलात्कार जस्ता अपराधमा उजुरीका लागि समयसीमाको हदम्याद तोकिनु नहुनेमा जोड दिनुभएको छ ।
पौडेलले ट्विटरमा लेख्नुभएको छ –“मुलुकी अपराध संहिता २०७४,बालबालिकासम्बन्धी ऐनमा बलात्कार कसुरबारे उजुरीको हदम्याद तोकेको छ। पीडितहरु प्रताडनाबाट गुज्रने गरेको पाइएको छ।बलात्कारका पुराना घटनाको उजुरी नलिदाँ पीडितले हरेश खाने तथा अपराधिले सहजै उन्मुक्ति पाउने अवस्था छ।यस्ता अपराधमा समयसीमाको हदम्याद तोकिनुहुन्न।”
केहि दिन अघिमात्रै एक किशोरीले ८ वर्ष अघि सुन्दरी प्रतियोगिताका आयोजक सदस्यबाट जघन्य बलात्कारमा परेको घटना सार्वजनिक गरेपछि सामाजिक सन्जालमा बलात्कारका मुद्दामा उजुरीको हदम्याद तोकिने ब्यबस्थाको विरोध भैरहेको छ । ती किशोरीले आफूलाई ६ महिनासम्म एक व्यक्तिले व्ल्याकमेल गरेर बलात्कार गरेको घटना सार्वजनिक गरेकी थिईन ।