Connect with us
Kapilvast Forest

खाने तेलको मूल्य घट्ने सम्भावना बढ्यो

२०७९, ७ जेष्ठ शनिबारमा प्रकाशित

एजेन्सी – आगामी दिनमा खाने तेलको मुद्रास्फीतिबाट केही राहत पाउन सक्छन् । नेपाल लगायत श्विभरी नै कीर्तिमानी उचाइमा पुगेको खाद्य तेलको मूल्य घट्ने सम्भावना देखिएको छ । विश्वको सबैभन्दा ठूलो पाम तेल उत्पादक इन्डोनेसियाले निर्यातमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । यस कारणले नेपालमा खाद्य तेलको मोर्चामा जनताले राहत पाउने अपेक्षा गरिएको छ ।

इन्डोनेसियाले बिहीबार पाम आयलमा लगाइएको प्रतिबन्ध हटाउने घोषणा गरेको छ । सोमबारदेखि यो प्रतिबन्ध हट्दैछ । भारत हाल इन्डोनेसियाबाट पाम तेलको सबैभन्दा ठूलो खरिदकर्ता हो। भारतले इन्डोनेसियाबाट वार्षिक करिब ८० लाख टन पाम आयल खरिद गर्छ ।

भारतीय बजारमा कुल खाद्य तेलको खपतमा पाम तेलको हिस्सा करिब ४० प्रतिशत रहेको छ । अर्कोतर्फ, इन्डोनेसियाले प्रत्येक वर्ष लगभग ४.८ मिलियन टन पाम तेल उत्पादन गर्दछ। यो कुल विश्वव्यापी उत्पादन ७५० लाख टनको आधाभन्दा बढी हो।

इन्डोनेसियाको वाणिज्य मन्त्रालयका एक अधिकारीले पाम आयलको निर्यातमा प्रतिबन्ध लगाएपछि अहिले आफ्नो देशको भण्डारण गर्ने क्षमता सकिसकेकाले निकासीमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गर्नुपरेको बताए । उनले निर्यात प्रतिबन्धको निर्णय परिवर्तन गर्नुको मुख्य कारण यही भएको बताउँदै इन्डोनेसियाले गत अप्रिल २८ मा पाम आयल निर्यातमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । अब एक महिनाभित्रै निर्णय फिर्ता भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu