Connect with us
Kapilvast Forest

छिन्नमस्ताको अध्यक्षमा २५ वर्षीय विद्यानन्द विजयी, उपाध्यक्षमा माओवादीकी यादव

२०७९, ८ जेष्ठ आईतवारमा प्रकाशित

 

राजविराज – सप्तरीको छिन्नमस्ता गाउँपालिकाको अध्यक्षमा २५ वर्षीय विद्यानन्द चौधरी निर्वाचित भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट उम्मेदवार रहेका चौधरी पालिकाका पाका उम्मेदवारहरुलाई पछाडि पार्दै आगामी ५ वर्षका लागि पालिकाको नेतृत्व गर्ने जनमत पाएका हुन् ।

 

निर्वाचित अध्यक्ष चौधरीले २ हजार ८ सय ९५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका सत्यनारायण यादवले १ हजार ७ सय ६६ मत पाए । यहाँ निवर्तमान पालिका अध्यक्ष सूर्यनारायण मण्डल र निवर्तमान जिल्ला समन्वय समिति प्रमुख प्रभाकर यादवसमेत चुनावी मैदानमा थिए ।

 

नयाँ शक्तिबाट गत स्थानीय चुनावमा अध्यक्ष जितेका सूर्यनारायण मण्डल पछि पार्टी समायोजन हुँदा जसपामै प्रवेश गरेका थिए । जसपाले उनलाई टिकट नदिएपछि उनी यस पटकको निर्वाचनमा नेपाल सदभावना पार्टीबाट अध्यक्ष पदमा उम्मेदवार भएका थिए ।

निवर्तमान अध्यक्ष मण्डल ७ सय ४८ मतमा सिमित हुँदै सातौं स्थानमा झरेका छन् । यस्तै तात्कालीन राजपाबाट जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएका प्रभाकर यादव यसपटक लोसपाबाट पालिका अध्यक्षको टिकटका दावेदार थिए ।

उनलाई लोसपाले टिकट नदिएपछि हृदयेश त्रिपाठीको जनता प्रगतीशिल पार्टीबाट उनी पालिका अध्यक्ष पदमा उम्मेदवार भएका थिए । उनी छैठौं स्थानमा झरेका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu