Connect with us
Kapilvast Forest

ओखलढुंगामा अर्धचेत अवस्थामा १७ वर्षीया किशोरी भेटिइन्

२०७९, ८ जेष्ठ आईतवारमा प्रकाशित

काठमाडौं ओखलढुंगाको मानेभज्याङ गाउँपालिका–५, ढिमिलेमा १७ वर्षीया किशोरी अर्धचेत अवस्थामा फेला परेकी छन् ।आइतबार उनलाई सडक किनारमा अर्धचेत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय, ओखलढुंगाका प्रमुख डीएसपी सुकदेव खनालले   बताए ।

 

प्रहरीका अनुसार गएराति आमाबुबासँगै घरमा सुतेकी उनी राति घरबाट निस्किएकी थिइन् । बिहान ५ बजेतिर उनलाई अर्धचेत अवस्थामा स्थानीयले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

‘उनको टाउको, नाक र चिउँडोमा चोट देखिएको छ, यहीँ प्रारम्भिक उपचार गरेपछि काठमाडौं रेफर गरिएको छ’ खनालले भने, ‘हेलिकोप्टरमार्फत अहिले पीडितलाई त्रिवि शिक्षण अस्पताल, काठमाडौं पठाइएको छ ।’

प्रहरी र चिकित्सकहरुले प्रारम्भिक जाँचबुझमा उनीमाथि जबरजस्ती करणी भएको हुनसक्ने आशंका गरेका छन् । तर पूर्णविवरण आइनसकेकाले यकिन भइनसकेको डीएसपी खनालले बताए ।

प्रहरीका अनुसार पीडित बोल्न सक्ने अवस्थामा छैनन् । कक्षा ११ मा पढ्ने उनले सामान्य इसारा गरेर ‘केही शंकेत’ गरेको प्रहरी बताएको छ । त्यसलाई समेत आधार बनाएर प्रहरीले हालै एकजना शंकित व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

स्रोत भन्छ, ‘सोधपुछका लागि ल्याएका हौं, संलग्नता पुष्टि भइसकेको छैन ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu